बारपाकमा विप्लव

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौं,२६ वैशाख । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता प्रकाण्ड लगायत केन्द्रिय नेताहरु, भूकम्प पीडितहरुलाइ सघाउन महाभुकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगेका छन । यसक्रममा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को टोलीले महाभुकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा आज राहत वितरण गरेको छ ।काठ्माडौबाट लगिएको खाद्मन्न, पाल, ड्राई फूड लगायतको राहत सामाग्री स्थानिय जितबहादुर घलेको नेतृत्वमा रहेको राहत वितरण संयन्त्र मार्फत पिडितहरुलाई हस्तान्त्रण गरिएको थियो ।
त्यस्तै “विप्लव” सहित बारपाक पुगेको माओवादीको टोलीले आज बिहान भुकम्प पीडित जनतासँग दुःख साटासाट गरेको बताइएको छ । बारपाक पुगेको विप्लवको टोलीले बारपाकको क्षतीको निरिक्षण समेत गरेको थियो ।

प्रतिक्रियाहरु