भूकम्प पिडितलाइ सघाउन माओबादी दस्ता दौडाहामा .

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौँ, २४ बैशाख । नेकपा माओवादीले गतसाता गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा अवास पूर्ननिर्माण गरेर भुकम्प पिडितलाई सघाउने भएको छ ।आज पद्यमकन्या क्याम्पस डिल्लीबजारमा माओवादीले पत्रकार सम्मेलन गर्दै १४ जिल्लाका प्रभावित क्षेत्रमा घर पूर्ननिर्माण गरि सघाउने जानकारी दिएको हो । पार्टीका महासचिव नेत्र विक्रम विप्लवले पार्टीको युवा जनस्वंसेवक दस्तालाई भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा गएर पुर्ननिर्माणको लागि सघाउन निर्देशन दिएका हुन् । विप्लवले देशका विभिन्न क्षेत्रबाट आएका आफ्ना युवाहरुको भेलामा उक्त निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा घरहरु पुर्ननिर्माणका लागि अन्य जिल्लाहबाट २ सय जनाको टोली परिचालन गरिने बताइएको छ । यसमा केन्द्रीय सदस्यदेखि पोलिटब्युरो सदस्यहरुको समेत सक्रिय सहभागिता रहने बताइएको छ ।
महासचिव विप्लवले युवाहरुलाई पीडितहरुलाई तत्काल अस्थायी बसोबास गर्दै पुनःनिर्माण कार्यमा खटाउन आयोजित विदाई कार्यक्रममा बोल्दै भूकम्पबाट क्षति घरवारविहिन भएको जनतालाई तत्काल बसोबासको लागि अस्थायी घर टहरा निर्माण गर्न निर्देशन दिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ कार्यक्रममा महासचिव विप्लवले भने । महासचिव विप्लवले भूकम्पले ठूलो संकट निम्त्योकोले अरुसबै छोडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै युवाहरुलाई प्रभावित ठाउँमा गएर खट्न निर्देशन दिए ।

महासचिव विप्लवले गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गरिने जानकारी दिए । उनका अनुसार गोरखा र सिन्धुपाल्चोकमा दुई समूह खट्नेछ भने बाँकी जिल्लमा एक समूह । काठमाडौँ र ललितपुरमा आफै घरवारविहिन भूकम्प पीडितहरुको घर टहरा निर्माण गर्दै हिडेका विप्लवले पहिलो चरणमा दुई सय युवा प्रभावित क्षेत्रमा पठाइने जानकारी दिए । महासचिव विप्लवले दिएको जानकारी अनुसार एउटा टोली कम्तिमा १५ दिन खट्नेछ र त्यसपछि अर्को समूह जानेछ ।
उक्त कार्यक्रममा पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले पीडित जनताको न्यूनतम् आवश्यकतालाई समेत पूरा गर्न नसकेकाले आफूहरुले युवाहरु परिचालन गरेको बताए । उनले सरकार र सरकारको नेतृत्वकर्ता पार्टीले आफ्नो कार्यकर्तालाई मात्र राहत बाँडिरहेको बताए ।
त्यसतर्फ जाने युवाहरुलाई अस्थायी घर टहरा निर्माणको लागि आधारभूत तालिम समेत दिइएको छ । तालिममा विज्ञ इन्जिनियरको सहभागिता थियो । इन्जिनियर उमेश मरहट्ठा, निरज महर्जन, विना मल्ल, नलविक्रम थापा र इन्जिनियर पुष्पले घर निर्माणका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए ।

दुइसय युवालाई बीस समूहमा विभाजन गरिएको छ । सबै समूह भोली विहानै त्यसतर्फ प्रस्थान गर्ने माओवादीले जनाएको छ । महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु पनि भोली गोरखा र त्यसपछि सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको सोहि कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रियाहरु