भूकम्प पिडितलाई सघाउन गोरखा पुगे माओवादी

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौँ २५ बैशाख। नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितका लागि खाद्यान्न र लत्ता कपडासहित गोरखाको बारपाक पुगेका छन । महासचिव विप्लव,प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड र उमा भूजेलसहितको टोली शुक्रबार काठमाडौँबाट गोरखाको बारपाक गएको हो । महासविच विप्लव नेतृत्वको टोलीले भूकम्पको केन्द्र विन्दु बारपाकका पीडितका लागि १ सय ५० क्विन्टल चामल, लत्ताकपडा लिएर गएको छ ।
शुक्रबार बेलुकी टोली बारपाक पुगेपछि शनिबार राहत वितरण गर्ने छ । केही दिन बारपाकमा नै बसेर विप्लवसहितका नेता कार्यकर्ताले राहत वितरणका साथै घरबार विहिन भएकालाई अस्थाई घरटहरा बनाउनका लागि सहयोग गर्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
प्रकाण्डले भने,‘ हामीसँग रहेका राहत सामाग्री बाड्छौं अनि अस्थाई बसोबासका लागि बासस्थान बनाउन सहयोग गछौं ।’ माओवादीले प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय कमाण्ड खडा गरेर भूकम्प पीडितका लागि काम गर्दै आईरहेको छ ।
नेकपा माओवादीले विहिबार मात्रै भूकम्प प्रभावित १२ जिल्लामा २ सय युवा खटाएको थियो । जिल्लामा खटिएका युवा दस्ताले भूकम्प पीडितका लागि बस्ने अस्थाई घर निर्माणमा सहयोग गर्ने छन् ।
यसअघि विप्लव आफै काठमाडौँका विभिन्न अस्थायी क्याम्पको सरसफाईमा खटिनुभएको थियो रक्तदान समेत गरेका थिए। नेकपा माओवादीले यसअघि नै केन्द्रीय सदस्यको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा अर्को टोली पनि खटाईसकेको छ ।

प्रतिक्रियाहरु