मुख्य समाचार

सुकुम्वासीमाथिको ज्यादती बिरुद्ध देशव्यापी चक्काजाम कार्यक्रम सम्पन्न

काठमाडौं, २ साउन । नेकपा माओवादीले सुकुम्वासीमाथिको ज्यादती बिरुद्ध आज बिहान ९ बजेदेखि ११बजेसम्म देशव्यापी चक्काजाम गरेको छ । माओवादीले सरकारले सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमाथि बर्बर दमन र सुकुम्वासीकोे सम्पूर्ण सम्पति नष्ट गरेको भन्दै चक्का जाम गरेको हो । पूर्वघोषित कार्यअनुसार चक्का जाममा उत्रेका माओवादी नेता तथा कार्यकर्तालाई कलंकी, रत्नपार्क, चावहिल, बालाजु लगायत स्थानबाट प्रहरीले […]

२०७३ श्रावण २ गते, आईतवार

निराशाको बादल फाट्न थालेको छ : विप्लव , महासचिव – नेकपा माओवादी

दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट प्रधानमन्त्री बन्ने तयारी गर्दैगर्दा उनका दोस्रो तहका एक सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि अर्को विद्रोहको चेतावनी दिइरहेका छन् । केही समययता अर्धभूमिगत नेकपा माओवादीका महासचिव चन्द मंगलबार राजधानीस्थित एक कार्यकर्ताको डेरामा कान्तिपुरका लागि उपलब्ध भए । उनले दाहाल, बाबुराम भट्टराईलगायत नेताले शान्ति प्रक्रिया सुरु भएयता लिएका निर्णयको आलोचना […]

२०७३ श्रावण २ गते, आईतवार

सुकुम्वासीमाथि दमन नगर्न चेतावनी दिदै देशैभर चक्काजाम

काठमाडौं, २ साउन । नेकपा माओवादीले सुकुम्वासीमाथिको दमन तत्काल बन्द गर्न आग्रह गर्दै आज बिहान ९ बजेदेखि देशैभर चक्काजाम गरेको छ । चक्काजाम अहिले बिहान ११ बजेसम्म हुने माओवादीले जनाएको छ । यसै क्रममा चक्काजाममा उत्रिएका सयौ माओवादी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । प्रहरीले काठमाडौंको कलंकीबाट माओवादीका ललितपुर सेक्रेटरी योगेन्द्र […]

२०७३ श्रावण २ गते, आईतवार

सुकुम्वासीमाथि दमन नगर्न चेतावनी , १० गते नेपाल बन्द

काठमाडौं, ३१ असार । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथिको दमन तत्काल बन्द गर्न आग्रह गरेका छन । प्रवक्ता प्रकाण्डले सर्लाहीको सुकुम्बासी बस्तीमा असार २१ गतेदेखि सरकारले जारी राखेको दमनविरुद्ध धारणा तथा विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस बिज्ञाप्तिमा सरकारले सुरक्षा फौज परिचालन गरेर […]

२०७३ असार ३१ गते, शुक्रबार

लेटर ग्रेडिङ त्रुटिपूर्ण

काठमाडौं, ३० असार । सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् । त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले प्सल टू तह अध्ययन गर्ने अवसरबाट वन्चित हुनुपर्ने परिस्थिति आएको बताउँदै तत्काल सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले ‘शिक्षामा लेटर गे्रडिङ प्रणाली […]

२०७३ असार ३० गते, बिहीबार

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, २९ असार । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस सभापति शेरबहादुर देउवा समर्थक रहेर अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तका २५३ जना सांसदहरुले […]

२०७३ असार २९ गते, बुधबार

माओवादी केन्द्रका मन्त्री सरकारबाट फिर्ता

काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । एमालेसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन […]

२०७३ असार २८ गते, मंगलवार

आयल निगमका कर्मचारीलाई मासिक १ लाख बोनस !

काठमाडौ, २८ असार । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ […]

२०७३ असार २८ गते, मंगलवार

दोषी ट्राफिक प्रहरी कि सवारी चालक ? ( तस्बिरसहित )

काठमाडौं, २६ असार । आज बिहान करिब ९.१५ बजेतिर काठमाडौंको मिनभवनस्थित तिनकुने बाग्मातिपुल स्कुलमोडमा भी एस निकेतनको बिद्यार्थी बोकेको बा. २ ख ७९५८ नम्बरको बसले एउटा मोटर साइकललाई ठक्कर लडाई दियो । उक्त बसले आफनै साइडवाट गुडेको मोटर साइकललाई ठक्कर दिई लडाएपछि बटुवाहरुले उठाएका थिए । तर उक्त बा. २ ख ७९५८ नम्बरको बस चालकले […]

२०७३ असार २६ गते, आईतवार

सुकुम्वासीमाथिको ज्यादती नरोके प्रतिकारमा उत्रने माओवादीको उदघोष

काठमाडौं, २६ असार । नेकपा माओवादीले सर्लाहीको सुकेपोखरी, धरहरा, ढुंग्रेखोलामा सुरक्षाफौजले सुकुम्वासीले लगाएका मकै र धानबाली नष्ट गरिएकोमा तीव्र विरोध जनाएको छ । माओवादी नेतृत्वले अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघले आयोजना गरेको विरोध सभामा सो कुरा बताएका हुन् । सभामा बोल्दै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले राज्यले आफ्नै नागरिकमाथि ज्यादाति र दमन गरेर […]

२०७३ असार २६ गते, आईतवार