दोषी ट्राफिक प्रहरी कि सवारी चालक ? ( तस्बिरसहित )

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । आज बिहान करिब ९.१५ बजेतिर काठमाडौंको मिनभवनस्थित तिनकुने बाग्मातिपुल स्कुलमोडमा भी एस निकेतनको बिद्यार्थी बोकेको बा. २ ख ७९५८ नम्बरको बसले एउटा मोटर साइकललाई ठक्कर लडाई दियो । उक्त बसले आफनै साइडवाट गुडेको मोटर साइकललाई ठक्कर दिई लडाएपछि बटुवाहरुले उठाएका थिए । तर उक्त बा. २ ख ७९५८ नम्बरको बस चालकले मोटर साइकललाई ठक्कर दिई लडाएपछि उनलाई नै जथाभाबी गालि गर्न थालेपछि बटुवाहरुले ट्राफिक प्रहरीलाई खबर गरिदिए । घटना स्थल पुगेका ट्राफिक प्रहरीले बस चालकसँग सवारी चालक अनुमति पत्र मागे तर बस चालकले ट्राफिक प्रहरीलाई नै हप्काउन खोजे । भिडले जो चोर उसैको ठुलो स्वर भन्दै आक्रोश पोखे पछि उनले सवारी चालक अनुमति पत्र देखाउन सकेनन । बरु ट्राफिक प्रहरीले काटेका ३/४ वटा जरीवाना रसिदहरु ट्राफिक प्रहरीको हातमा थमाई दिए । कानमा मुन्द्रा झुन्डाएका ति सवारी चालकको हाउभाउ हेर्दा उनीसग सवारी चालक अनुमति पत्र नभएको प्रस्ट झल्किन्थ्यो । यसरी सवारी चालक अनुमति पत्र बिना जरीवाना रसिदहरुको पोको बोकी सवारी चलाउने सवारी चालक गलत कि जरीवाना रसिदमाथि जरीवाना रसिद काट्ने ट्राफिक प्रहरी दोषी छानबिन गर्ने कसले हो ? आजको घटनाले यसको जवाफ मागेको छ ।


प्रतिक्रियाहरु