नेकपा पत्रकार सम्मेलन गर्दै

२०८१ बैशाख १७ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे छ । भोलि वैशाख १८ गते प्रज्ञा भवन कमलादीमा बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे हाे ।
नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा वैशाख ५ गतेदेखि ९ गतेसम्म चलेकाे नवाैं केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।
नेकपा केन्द्रीय कार्यालयले उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थितिका लागि अनुराेधसमेत गरेकाे छ ।

प्रतिक्रियाहरु