सुकुम्वासीमाथिको ज्यादती नरोके प्रतिकारमा उत्रने माओवादीको उदघोष

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । नेकपा माओवादीले सर्लाहीको सुकेपोखरी, धरहरा, ढुंग्रेखोलामा सुरक्षाफौजले सुकुम्वासीले लगाएका मकै र धानबाली नष्ट गरिएकोमा तीव्र विरोध जनाएको छ । माओवादी नेतृत्वले अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघले आयोजना गरेको विरोध सभामा सो कुरा बताएका हुन् । सभामा बोल्दै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले राज्यले आफ्नै नागरिकमाथि ज्यादाति र दमन गरेर निरंकुश रवैया प्रदर्शन गरेको भन्दै आपत्ति जनाए । सुरक्षा फौजको घेरामा सागरनाथ वल परियोजनाका कर्मचारीले भाडामा मानिस झिकाई सुकुम्वासीले भोगचलन गरिहेका ६ सय भन्दा बिगाहमा लगाएका धान, मकै फँडानी र ट्याक्टरटर लगाएर नष्ट पारेका छन् । यसबाट देशभरका सुकुम्वासी आक्रोशित बनेका छ ।
वैकल्पिक व्यवस्था नगरीकनै लामो समयदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीमाथि बन्दुको हाडमा गरिएको दमन कसैगरी सह्य नहुने उनले बताए । सुकुम्वासीको जीवनकै रक्षाका लागि आफ्नो पार्टीले दृढदाका साथ लड्ने बताए । उनले अधिकारको लडाईमा एकजुट हुन र दमनलाई विफल बनाउने देशभरका सुकुम्वासीलाई आह्वान समेत गरेका छन् ।
‘दलाल राज्यले सर्लाहीका सुकुम्बासीलाई उठिबास गराउने गरी रि ६ सय बिगाहा जमिनको पाक्न लागेको मकै बालि, धान र फलफुल नास गरेको र जनतामा अमानवीय दमन गरेको छ । यो सहन सक्ने विषय होइन’ कञ्चनले भने ‘राज्य अझै यो हर्कत दोहोर्याउँछ भने प्रतिकार हुने कुराको चेतावनी विरोधसभाबाट दिन चाहन्छौं ।’
असार २१ गते सागरनाथ वन परियोजनाको योजनामा सयौंको सुरक्षा फौज तैनाथ गरेर भाडाका मानिस र ट्याक्टर लगाएर पाक्ने उमेरका धान र मकै बाली नष्ट गरिएको थियो । त्यसको विरोधमा उत्रेका सयौं सुकुम्वासीमाथि प्रहरीले दमन गर्दा सयभन्दा बढी घाइते भएका छन् भने संजीव बम्जनको आँखा फुटेको छ । घाइते हुनेमा महिला, बालबालिका र वृछद्धवृद्धा छन् ।
विरोध सभामा माओवादीका पोलिटब्यूरो सदस्य चित्रबहादुर आलेले सरकारको ज्यादाति र दमनले सुकुम्वासीलाई अधिकार संघर्षमा होम्न बाध्य बनाउँदै लगेको टिप्पणी गरे । अर्का पीबीएम एवं जनकुपुर ब्यूरो इन्चार्जले ओमप्रकाश पुनले सरकारले सुकुम्वासीमाथि बर्बर दमन गरेर हैकम शैली देखाएको भन्दै दमन नरोकिए प्रतिकार गर्ने चेतावनी दिए ।

प्रतिक्रियाहरु