सुकुम्वासीमाथि दमन नगर्न चेतावनी दिदै देशैभर चक्काजाम

२०७३ श्रावण २ गते, आईतवार

काठमाडौं, २ साउन । नेकपा माओवादीले सुकुम्वासीमाथिको दमन तत्काल बन्द गर्न आग्रह गर्दै आज बिहान ९ बजेदेखि देशैभर चक्काजाम गरेको छ । चक्काजाम अहिले बिहान ११ बजेसम्म हुने माओवादीले जनाएको छ । यसै क्रममा चक्काजाममा उत्रिएका सयौ माओवादी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । प्रहरीले काठमाडौंको कलंकीबाट माओवादीका ललितपुर सेक्रेटरी योगेन्द्र कुमाल सहित एकदर्जन लाइ नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । यसैगरी काठमाडौंको रत्नपार्कवाट ६ जना र ताहाचलवाट ८जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको माओवादीले जनाएको छ ।

प्रतिक्रियाहरु