आयल निगमका कर्मचारीलाई मासिक १ लाख बोनस !

२०७३ असार २८ गते, मंगलवार

काठमाडौ, २८ असार । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।
निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।
यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६।६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्राष्ट्रियमा हवाईइन्धनमा २२।७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ छ ।
यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ । नाफाको शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ । – कारोबार दैनिकवाट

प्रतिक्रियाहरु