स्वास्थ्य / शिक्षा

एसएलसी नतिजा असार पहिलो साता

काठमाडौं – यसवर्ष एसएलसीको नतिजा असार पहिलो साता प्रकाशित हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले त्यहीअनुसार जोडतोडका साथ तयारी गरिरहेको जानकारी दिएको छ। विद्यार्थी संख्या गत वर्षको तुलनामा धेरै भएकाले यो वर्ष नतिजा प्रकाशन एक साता ढिलो हुन लागेको हो।’हामी असार पहिलो साताभित्र नतिजा प्रकाशनको तयारीमा छौं,’ परीक्षा नियन्त्रक खगराज बरालले भने, ‘गत वर्षभन्दा […]

२०७० जेष्ठ २२ गते, बुधबार

आज विश्व वातावरण दिवस

काठमाडौ, २२ जेठ । आज जून ५ तारिख अर्थात विश्व वातावरण दिवस ।“सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि विश्व वातावरण दिवसका अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । यसैगरी सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले वातावरण संरक्षण, […]

२०७० जेष्ठ २२ गते, बुधबार

प्याप्सनको पावर

प्याप्सनको पावर काठमाडौं , २१ जेठ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याप्सन)ले सरकारले निजी शैक्षिक संस्थामा लगाएको १ प्रतिशत शिक्षा सेवा शुल्क (कर) नतिर्ने निर्णय गरेको छ। सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको कारण प्याप्सनको नवौँ राष्ट्रिय साधारणसभाले १ प्रतिशत कर नतिर्ने निर्णय गरेको छ । सरकारले विगतमा निजी शैक्षिक संस्थामाथि लगाएको ५ प्रतिशत र […]

२०७० जेष्ठ २१ गते, मंगलवार

एसएलसीको नतिजा असारको पहिलो साता

भक्तपुर, १९ जेठ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बताएको छ । उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए । त्यसमध्ये दुई वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उनले बताए । उनले भने “नतिजा सार्वजनिक गर्न […]

२०७० जेष्ठ १९ गते, आईतवार

वर्तमान शिक्षाको शल्यक्रिया – नन्दलाल आचार्य

हाम्रा विद्यार्थीहरू स्कूल जान्छन् । कक्षाकार्य बनाउँछन् । गृहकार्य ल्याउँछन् । स्कूलमा गरेकै कार्य घरमा पनि दोहर्याउँछन् । शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु उनीहरूको कर्तव्य हुन जान्छ । खाली दिमाखवाला त्यस्ता विद्यार्थी जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा […]

२०७० जेष्ठ १८ गते, शनिबार

आज विश्व धूमपान दिवस

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिकले सूर्तिरहित स्वस्थ जीवन पद्धति, सुस्वास्थ्य र दीर्घायुका लागि सबैमा शुभकामना व्यक्त गरेका छन ।विश्व धूमपान दिवसका अवसरमा आज सन्देश दिँदै उनले धूमपान, प्रदूषणमुक्त वातावरण जीवनयापन गर्न पाउने हरेक व्यक्तिको मौलिक अधिकार सुनिश्चित गरी सूर्तिजन्य पदार्थको प्रभावकारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन ।नेपालमा सुर्तीजन्य […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

एघारवर्षीया बालिकाले जन्माएको शिशुको मृत्यु

मोरङ १६ जेठ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी झापा खुदनाबारी–१ सिस्नेकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो । विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी […]

२०७० जेष्ठ १६ गते, बिहीबार

स्ववियु चुनाव स्वाहा

काठमाडौ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।फर्जी भर्ना खारेज गर्ने विषयमा विद्यार्थी संगठनहरुवीच सहमति जुट्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि चुनाब स्थगित गरेको हो । पुरानो कार्यतालिका अनुसार बिहीबार निर्वाचनका लागि उमेद्वार दर्ता गर्नुपर्ने थियो । तर नेकपा–माओवादी निकटको अखिल क्रान्तिकारी […]

२०७० जेष्ठ १६ गते, बिहीबार

स्ववियू निर्वाचन अनिश्चित

काठमाडौ, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बद्धन प्राप्त कलेजहरुमा यही जेठ २३ गते स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अवरोध बढ्दो छ ।यस्तो अवस्थाले निर्वाचन अनिश्चित बन्दै गएको छ । यसै विषयमा छलफल गर्न मंगलबार विद्यार्थी संगठनहरुको सामूहिक बैठक गरी अबरोध अन्त्य गर्ने उपायको खोजी गरिरहेका छन् ।विद्यार्थी भर्ना लगायतका विषय उठाएर प्रमुख विद्यार्थी संगठनहरु तालाबन्दीमा उत्रने […]

२०७० जेष्ठ १४ गते, मंगलवार

धुमपानले प्रत्येक सात सेकेण्डमा एकको मृत्यु

काठमाण्डौं । धुमपान सेवनले विश्वमा प्रत्येक सात सेकेण्डमा एकको मृत्यु हुने गरेको छ भने नेपालमा बर्सेनि झण्डै १६ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले मानिसको मृत्युको एउटा प्रमुख कारण रहेको सूर्तिको बेचबिखनलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । विश्वमा प्रत्येक वर्ष […]

२०७० जेष्ठ १४ गते, मंगलवार