स्ववियु चुनाव स्वाहा

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।फर्जी भर्ना खारेज गर्ने विषयमा विद्यार्थी संगठनहरुवीच सहमति जुट्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि चुनाब स्थगित गरेको हो ।
पुरानो कार्यतालिका अनुसार बिहीबार निर्वाचनका लागि उमेद्वार दर्ता गर्नुपर्ने थियो । तर नेकपा–माओवादी निकटको अखिल क्रान्तिकारी र एकीकृत नेकपा माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारीले क्याम्पसहरुमा तालाबन्दी गरेपछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।
यसै विषयमा छलफल गर्न बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा विद्यार्थी संगठन र विश्वविद्यालयवीचको बैठकमा फर्जी भर्ना खारेज गर्ने विषयमा सहमति नभएपछि चुनाब नै स्थगित भएको जनाइएको छ ।विश्वविद्यालयले चुनाबको मिति घोषणा गरेपछि कतिपय विद्यार्थी संगठनले क्याम्पसहरुमा एकमुष्ट रुपमा विद्यार्थी भर्ना गराएका थिए ।

प्रतिक्रियाहरु