एघारवर्षीया बालिकाले जन्माएको शिशुको मृत्यु

२०७० जेष्ठ १६ गते, बिहीबार

मोरङ १६ जेठ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी झापा खुदनाबारी–१ सिस्नेकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो । विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो । समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोसी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् ।शिशुलाई जन्मदिने एघार वर्षीया बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको सरक्षणमा छिन् ।बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन ।

प्रतिक्रियाहरु