आज विश्व वातावरण दिवस

२०७० जेष्ठ २२ गते, बुधबार

काठमाडौ, २२ जेठ । आज जून ५ तारिख अर्थात विश्व वातावरण दिवस ।“सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं” भन्ने नारासहित नेपालमा पनि विश्व वातावरण दिवसका अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
यसैगरी सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले वातावरण संरक्षण, जलवायु परिवर्तन र यसले मानवजीवन तथा कृषिमा पारेको प्रभावबारे छलफल, अन्तरक्रिया जस्ता कार्यक्रम गर्दैछन् । सरकारले वातावरणको अनुगमन र नीति निर्माणमा सहयोग पु-याउने उद्देश्यले यो वर्ष पहिलो पटक वातावरण विभाग समेत गठन गरेको छ ।
पर्यावरणप्रति जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ जून ५ देखि विश्व वातावरण दिवस मनाइने गरिएको हो ।

प्रतिक्रियाहरु