धुमपानले प्रत्येक सात सेकेण्डमा एकको मृत्यु

२०७० जेष्ठ १४ गते, मंगलवार

काठमाण्डौं । धुमपान सेवनले विश्वमा प्रत्येक सात सेकेण्डमा एकको मृत्यु हुने गरेको छ भने नेपालमा बर्सेनि झण्डै १६ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले मानिसको मृत्युको एउटा प्रमुख कारण रहेको सूर्तिको बेचबिखनलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । विश्वमा प्रत्येक वर्ष धुमपानको सेवनबाट करिब ६० लाखको ज्यान लिने गरेको अध्ययनहरुले देखाएका छन् । यस्तै, छ लाख मानिसले अर्काले गरेको धुमपानका कारण अनाहकमा ज्यान गुमाउनु परेको बताइएको छ । धुमपान सेवनले विश्वमा प्रत्येक सात सेकेण्डमा एकको मृत्यु हुने गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारले ‘सूर्तिजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाआँै’ भन्ने नाराका साथ यही जेठ १७ गते विश्व सूर्तिमुक्त दिवस मनाइन लागेको जानकारी दिए ।

प्रतिक्रियाहरु