स्ववियू निर्वाचन अनिश्चित

२०७० जेष्ठ १४ गते, मंगलवार

काठमाडौ, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बद्धन प्राप्त कलेजहरुमा यही जेठ २३ गते स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अवरोध बढ्दो छ ।यस्तो अवस्थाले निर्वाचन अनिश्चित बन्दै गएको छ । यसै विषयमा छलफल गर्न मंगलबार विद्यार्थी संगठनहरुको सामूहिक बैठक गरी अबरोध अन्त्य गर्ने उपायको खोजी गरिरहेका छन् ।विद्यार्थी भर्ना लगायतका विषय उठाएर प्रमुख विद्यार्थी संगठनहरु तालाबन्दीमा उत्रने गरेका छन् । यस क्रममा सानोठिमी क्याम्पसमा तीन विद्यार्थी सङ्गठनले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।प्राप्त समाचार अनुसार गत शुक्रबार अनेरास्ववियुले तालाबन्दी गरेकै स्थानमा मंगलबार फेरि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु क्रान्तिकारीले थप तालाबन्दी गरेका छन् ।
अनेरास्ववियुले आफ्नो केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतमाथि लगाइएको झुटो मुद्दा तत्काल फिर्ता लिनुपर्ने, क्याम्पसमा भर्ना भएका फर्जी अर्थात नक्कली विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने र अनेरास्ववियुसँग लुटिएको रकम फिर्ता गर्नुपर्ने माग राखेर क्याम्पसमा तालाबन्दी गरेको थियो ।अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि क्याम्पसमा खोलिएको स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रमुख नरप्रसाद थापाको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

प्रतिक्रियाहरु