स्वास्थ्य / शिक्षा

काठमाडौंमा स्वाइन फ्लु

काठमाडौं, ६ असोज । भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको भक्तपुर अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार पछिल्लो एक हप्ताभित्र चार जनामा स्वाइन फ्लु भएको पाइएको हो । अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ । काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु […]

२०७२ आश्विन ६ गते, बुधबार

एम्बुलेन्स तोडफोड

काठमाडौं, ५ असोज । विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाका अनुसार सरौचियामा बिरामी लिन गएको मे१च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सोमबार साँझ तोडफोड गरेका हुन् । सरौचिया चौकको सहलेस मन्दिरको छेउमा टर्निङ गर्ने क्रममा आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुङ्गा हानी तोडफोड गरेको चालक […]

२०७२ आश्विन ५ गते, मंगलवार

मह खाँदा अपनाउनुपर्ने सावधानी

काठमाडौँ । प्राकृतिक औषधि र शरीरलाई मजबुत र शक्ति प्रदान गर्ने महको योगदान यतिमा सिमित छैन । महलाई औषधिको रुपमा प्रयोग गर्नेमात्र नभई स्वस्थ्यका हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । प्रतिकूल असर नदेखिएको र खानेवित्तिकै ऊर्जा पाइने तयारी आहारको रुपमा लिईन्छ महलाई । तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरु बताउँछन् । महको […]

२०७२ आश्विन ४ गते, सोमबार

जिरीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं, २ असोज ।मौसम परिर्वतनसँगै जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । दैनिकजसो १०० जनाभन्दा बढी बिरामी आउने अस्पतालमा एक तिहाइ बिरामी भाइरल ज्वरोबाट सङ्क्रमित रहेको जिल्ला अस्पताल जिरीका डा निसान्त ढकालले बताए । भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । भाइरल ज्वरोको आयु सात दिनको भए पनि […]

२०७२ आश्विन २ गते, शनिबार

एसएलसी पूरक परिक्षाको नतिजा प्रकाशित

काठमाडौं, ३१ भदौ । परिक्षा नियन्त्रण कार्यालय सानोठीमीले एसएलसी पूरक परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । परिक्षा दिएका एक लाख २४ हजार एक सय २८ मध्ये ८३ हजार ७८ परिक्षार्थी उत्तिर्ण भएका परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण […]

२०७२ भाद्र ३१ गते, बिहीबार

एसएलसी पुरक परिक्षाको परिक्षाफल सार्वजनिक हुदै

काठमाडौं, ३१ भदौ । एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए । द्वारेका अनुसार परिक्षाफल प्रकाशित गर्ने विषयमा छलफल गर्न साढे ८ बजे बैठक डाकिएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म […]

२०७२ भाद्र ३१ गते, बिहीबार

अखिल क्रान्तिकारी कास्कीको २० अाैँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कास्कीको २० अाैँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । भदौ २७ बाट सुरु भएको २० अाैँ जिल्ला सम्मेलनले मिलन राईको नेतृत्वमा ३५ सदस्यी जिल्लाका कार्य समिति निर्वाचित गरको छ । जसमा पाँच जना वैकल्पिक जिल्ला सदस्य रहेको बताइएको छ । पोखरामा सुरु भएको जिल्ला सम्मेलनमा पार्टीका स्थायी समिति […]

२०७२ भाद्र २९ गते, मंगलवार

बन्दले अस्पताल अस्तव्यस्त

काठमाडौ, २७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीसहित तराईमा लगातार बन्द जारी राखेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन अभाव भएको छ । अहिले गर्मीको समयमा अस्पतालमा दैनिक बिरामीको चाप बढे पनि अक्सिजन नहँुदा समस्या भएको अस्पतालका सिनियर अहेव डा लालकिशोर सिंहले बताए । अस्पतालमा बत्ती गएको बेला दैनिक रुपमा जेनेरेटर चलाउनुु परेकाले […]

२०७२ भाद्र २७ गते, आईतवार

केसीको अनसन स्थगित

काठमाडौ, २५ भदौ । सरकारले डा. गोविन्द केसीलाई पत्र पठाएपछि आजदेखि पुनः थाल्ने भनेको अनसन रोकेका छन् । सरकारलार्इ एक हप्ताकाे अल्टिमेटम दिँदै केसीले एक हप्ता पर्खने भएका हुन् । मेडिकल शिक्षामा भएको विसंगतिको विरोधमा पटक पटक अनसन बस्दै आएका डा. केसीको पछिल्लो पटकको अनसनपछि भएको सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबारदेखि फेरि अनसन बस्ने तयारी […]

२०७२ भाद्र २५ गते, शुक्रबार

आज आत्महत्या रोकथाम दिवस

काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकौः उनीहरुको नजिक जाऔं र जीवन बचाऔ भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । नेपाल सहित विश्वका धेरै देशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोकथाममा चुनौती बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने […]

२०७२ भाद्र २४ गते, बिहीबार