एसएलसी पूरक परिक्षाको नतिजा प्रकाशित

२०७२ भाद्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ भदौ । परिक्षा नियन्त्रण कार्यालय सानोठीमीले एसएलसी पूरक परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । परिक्षा दिएका एक लाख २४ हजार एक सय २८ मध्ये ८३ हजार ७८ परिक्षार्थी उत्तिर्ण भएका परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । जसमा छात्रतर्फ ३८ हजार तीन सय ९९ जना र छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उत्तीर्ण भएका छन् । गत साउन २० देखि ३० सम्म संंचालन भएको परिक्षामा सहभागि मध्ये समग्रमा ६६ दशमलव ९३ प्रतिशत परिक्षार्थी उत्तिर्ण भए । परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने छात्रतर्फ ५५ हजार तीन सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रियाहरु