एसएलसी पुरक परिक्षाको परिक्षाफल सार्वजनिक हुदै

२०७२ भाद्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ भदौ । एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पुरक परीक्षाको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए । द्वारेका अनुसार परिक्षाफल प्रकाशित गर्ने विषयमा छलफल गर्न साढे ८ बजे बैठक डाकिएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीले गएको साउनमा पुरक परीक्षा दिएका थिए । कुल एक लाख २४ हजार २ सय ५१ परीक्षार्थी सहभागी परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना छन् ।

प्रतिक्रियाहरु