काठमाडौंमा स्वाइन फ्लु

२०७२ आश्विन ६ गते, बुधबार

काठमाडौं, ६ असोज । भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको भक्तपुर अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार पछिल्लो एक हप्ताभित्र चार जनामा स्वाइन फ्लु भएको पाइएको हो । अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ ।
काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु सक्रिय भएको डाक्टरको अनुमान छ । छिमेकी राष्ट्र भारतमा धार्मिक भ्रमणमा गएका केहीमा स्वाइन फ्लुको लक्षण भेटिएको तर पुष्टि हुन बाँकी रहेको डाक्टरले बताएका छन् ।
टेकु अस्पतालमा अहिले हरेक दिन ५/६ जना रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । नेपालमा गर्मीबाट जाडो लाग्दा र जाडोबाट गर्मी लाग्दा स्वाइन फ्लुको खतरा धेरै हुन्छ ।

प्रतिक्रियाहरु