सम्पादकीय

औचित्यहीन निर्वाचन

सरकारले आउँदो मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्दैछ । यस निर्वाचनवाट देश र जनतालाई कुनै राहत नहुने बरु उल्टै राष्ट्र र जनघातले उग्ररुप लिने भन्दै आमसचेत नागरिकले यस निर्वाचनप्रति बिरोध जनाइरहेका छन । संसद्वादी दल र नेताहरुको विगतदेखिको कार्यशैलीकै कारण जनतामा निर्वाचनप्रति वितृष्णा जागेको हो । संसदीय व्यवस्था रहेसम्म राष्ट्र र जनताको […]

२०७९ कार्तिक २७ गते, आईतवार

सर्वोच्च अदालतको स्वागतयोग्य आदेश

सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार सुविधा सन्तुलन र अपूरणीय क्षति पर्न जाने अवस्थालाई दृष्टिगत गर्दै यस्तो अन्तरिम आदेश दिएको हो । जुन आदेशले आमसचेत नागरिक हर्षित […]

२०७९ कार्तिक २० गते, आईतवार

भारतीय ज्यादति बन्द गर

भारतले सीमावर्ती क्षेत्रमा बल मिच्याइँ गर्दा पटक–पटक नेपाले जनता प्रताडित हुनु परेको घटना कुनै नौलो होइन । नेपाल सरकारको लाचारीपनका कारण भारतीय पक्ष बेरोकतोक सीमा क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाइरहेको छ । यसैक्रममा भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा काम गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले गराएको विस्फोटबाट दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका […]

२०७९ कार्तिक १३ गते, आईतवार

नेकपाको स्वागत योग्य निर्णय

नेपाल कम्युनिष्ट पार्टीको नवौँँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । कपिलवस्तु शिवगढीमा हालै सम्पन्न भएको नेकपाको उक्त नवौँँ महाधिवेशनले नयाँ समाजवादी सत्ता र राष्ट्रिय स्वाधिनताको कार्यनीति पास गरेको छ । यतिबेला संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ […]

२०७९ कार्तिक ६ गते, आईतवार

क्षेप्यास्त्र साप्ताहिक सोह्रौं वर्षमा प्रवेश

नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालार्ई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिक यसै अंकदेखि सोह्र वर्षमा प्रवेश गरेको छ । देशमा आमरूपमा प्रकाशित अन्य छापा सञ्चार माध्यमभन्दा पृथक रहँदै क्षेप्यास्त्र साप्ताहिकले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस साप्ताहिकले देशमा व्याप्त अन्याय, […]

२०७९ आश्विन ३० गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन भव्यताका साथ सफल होस्

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो […]

२०७९ आश्विन २३ गते, आईतवार

संघ र प्रदेश सभाको निर्वाचन होइन, जनमत संग्रह गरौं

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदवाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न बिभिन्न प्रपन्चहरु भइरहेका छन । […]

२०७९ आश्विन ९ गते, आईतवार

‘मुद्दा खारेज’ स्वागतयोग्य निर्णय

सरकारले २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेको हो […]

२०७९ आश्विन २ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको आग्रहलाई नजरअन्दाज नगर

तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फाल्गुन २१ गते ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष–नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, […]

२०७९ भाद्र २७ गते, सोमबार

राष्ट्र र जनघाती कार्य बन्द गर

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले एकपछि अर्को राष्ट्र र जनघाती कार्य गर्दै आएको सर्वविदितै छ । देउवा नेतृत्वको गठबन्धन सरकारले संसदवाट एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पास गरेर लागू गर्ने धृष्टता गरेको छ भने एसपीपी सम्झौता अस्वीकार गर्ने बताउँदै भित्र–भित्रै लागू गर्ने प्रपन्च गरिरहेको छ । यही गठबन्धन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक राष्ट्र […]

२०७९ भाद्र १९ गते, आईतवार