‘माओवादीलगायत सम्पूर्ण कम्युनिस्टलाई एक गर्ने क्षमता विप्लवसँग छ’

२०८१ बैशाख १५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज कल्पना शर्माले माओवादी लगायत नेपालका सम्पूर्ण कम्युनिस्टहरुलाई एक गर्ने क्षमता नेकपा महासचिव विप्लवसँग रहेको बताएकी छिन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै कम्पनाले यस्तो बताएकी हुन् ।
उनले माओवादी लगायत नेपालका सम्पूर्ण कम्युनिस्टहरुलाई एक गर्ने सङ्कल्प विप्लवसँग भएको बताउँदै विप्लवकै नेतृत्वमा समाजवादमा जान आफ्नो पार्टी तयार रहेको बताइन् । उनले भनिन्, ‘प्राप्त उपलब्धीको रक्षा गर्न सम्पूर्ण माओवादी एक ठाँउ आउनु पर्छ । अहिलेको आवश्यकता सम्पूर्ण बामपंथी समाजवादी मोर्चामार्फत एक ठाँउ आउनु पर्छ । माओवादी घटक सबै एकीकरण हुनुपर्छ।’
माओवादीहरुले बाटो बिराउदा नयाँ भनिएकाबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको जिकर गर्दै माओवादीहरु एक विप्लवलाई सुझाव पनि दिइन् ।
नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथि रहेको कार्यक्रममा समाजवादी मोर्चा नेपाल, रसुवाका संयोजक शिव लामिछानेको अध्यक्षतामा रहेको थियो । नेकपा केन्द्रीय केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने फर्पु तेन्जिङलामाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम नेकपाका पोलिटब्युरो सदस्य आजात सी, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य राजेन्द्र लोहनी, माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद गौतमले आफ्नो धारण रोेखेका थिए । -शाहस भट्ट

प्रतिक्रियाहरु