क्षेप्यास्त्र साप्ताहिक सोह्रौं वर्षमा प्रवेश

२०७९ आश्विन ३० गते, आईतवार

नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालार्ई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिक यसै अंकदेखि सोह्र वर्षमा प्रवेश गरेको छ । देशमा आमरूपमा प्रकाशित अन्य छापा सञ्चार माध्यमभन्दा पृथक रहँदै क्षेप्यास्त्र साप्ताहिकले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस साप्ताहिकले देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिहरूलार्ई नाङ्गेझार पार्दै जनपक्षीय र राष्ट्रियताको पक्षलार्ई सर्वोच्च मान्दै समाचार र लेखहरू प्रकाशित गर्दै आएको सबैलाई बिदितै छ । हाम्रो प्रकाशनको मुख्य लक्ष्य भनेकै देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिलार्ई जरैदेखि नाङ्गेझार पार्दै राष्ट्रिय स्वाभिमानको विकास गर्नु रहेको छ । रुपमा हेर्दा अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, लोकतान्त्रिक सरकार छ । तर, राष्ट्र, राष्ट्रियता, स्वाधीनता र जनसरोकारका विषयमाथि दिनप्रतिदिन झन्–झन् कुठाराघात बढ्दै गएको छ । देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदबाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् । संसद्वादी दल र नेताका कारण वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम भएका छन् । नागरिकता विधेयक विवाद, सरकार, संसद्, अदालतका विवादलगायतका घटनाले सरकार, संसद्वादी दल र नेता मात्र नभई समग्र संसदीय व्यवस्था नै असफल भएको छ ।

यस्तो अवस्थामा क्षेप्यास्त्र साप्ताहिकले बिगतमा झैँ आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषय उठान् गर्न कुनै कसर बाँकी राख्ने छैन । हाम्रो यस अभियानमा आमनेपाली दाजुभाइ, दिदीबहिनीले हामीप्रति देखाएको सद्भाव सह्रानीय छ । यसबाट हाम्रो हौसला एवं दायित्व अझै बढ्न गएको छ । यसरी हाम्रो अभियानमा साथ दिई हामीलार्ई सल्लाह र सहयोग प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, विक्रेता एवं शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

वर्तमान समयमा देश र जनताको हितका लागि पत्रपत्रिकाले इमानदारितापूर्वक काम गरिरहेका छैनन्, पीत पत्रकारिता बढ्दै गएको छ । देशका ठूला मिडिया भन्नेहरूले त झन् आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि देश र जनहित विपरित कार्य गर्दै आइरहेका छन् । राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चताप्रति तिनीहरूलार्ई कुनै रुचि छैन, ठाडो वैदेशिक हस्तक्षेपप्रति कुनै प्रतिक्रिया जनाउँदैनन्, जनचासोका विषयविरुद्ध विष वमन गरिहाल्छन् । यस अवस्थामा निश्चय नै राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चता पक्षधर मिडियाहरूको आवश्यकता बोध भएको छ । वैदेशिक हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्ने छापाहरूको अझै आवश्यकता रहेको छ । यही आवश्यकतालार्ई बोध गरेर प्रकाशन गरिएको यस साप्ताहिक आगामी दिनमा पनि आफ्नो जिम्मेवारीबाट पछाडि हट्ने छैन भन्ने प्रतिबद्धता गर्दै हाम्रो यस अभियानमा सहयोग पु¥याउने सम्पूर्ण राष्ट्रभक्त र जिम्मेवार नागरिकहरूबाट आवश्यक सरसल्लाह र सुझाव प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौँ, साथै आगामी दिनमा अझै सशक्त रूपमा अगाडि बढ्ने प्रण गर्दछौँ ।

प्रतिक्रियाहरु