क्रान्तिकारी गलैँचा मजदुर संघको अध्यक्षमा बिशाल सी

२०८१ बैशाख १५ गते, शनिबार

काठमाडौँ । अखिल नेपाल (क्रान्तिकारी) गलैँचा मजदुर संघको आठौँ राष्ट्रिय सम्मेलनवाट बिशाल सी अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न संघको सो सम्मेलनले उपाध्यक्षमा अरुण सी, महासचिवमा बालकुमार सी, सचिव रुपा सी, सहसचिव रमेश सी लगायत २७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महासंघका आयोजक कमिटी संयोजक श्याम सीले वैज्ञानिक समाजवाद बिना समग्र मजदुर बर्गको हित नहुने भन्दै अब वैज्ञानिक समाजवाद प्राप्तिका लागि आफ्नो क्षेत्रमा डटेर लाग्न निर्देशन दिए । उनले काठमाडौँमा हुन लागेको अखिल नेपाल (क्रान्तिकारी) यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन लाई प्रभावकारी र सफल पार्न महासंघमा आबद्ध काठमाडौँका सम्पुर्ण पेशागत घटकहरुलाई अपिलसमेत गरे ।
विशाल सीको अध्क्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय आयोजक समिति संयोजक केशव सी र सुमन सीको रहेका थिए भने कार्यक्रम संचालन बालकुमार सीले गरेका थिए ।

प्रतिक्रियाहरु