समाजवादी पक्षधरहरुलाई एक गर्ने पहल भइरहेको छ (भिडियोसहित)

२०८१ बैशाख १५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालका सम्पूर्ण समाजवादी पक्षधरहरुलाई एक गर्ने पहल भै रहेको खुलाशा गरेका छन् । समाजवादी मोर्चा नेपाल, रसुवाद्वारा शनिबार आयोजित ‘समाजवादी अर्थव्यवस्था र आर्थिक रूपान्तरणमा जनसहभागिता’ बिषयक अन्तरक्रिया कार्यक्रम तथा संदेश सभालाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्। संयोजक विप्लव सीले देशको वर्तमान राजनीतिक संकटको समाधान गर्न समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उक्त मोर्चामा समाजवाद पक्षधर सबै राजनीतिक दल र नेताहरु गोलबद्ध हुनु पर्ने बताए। उनले समाजवादी मोर्चामा ल्याउन एमाले , मशाल , क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत सबै समाजवादी पक्षधरसंग छलफल अगाडी बढाएको बताए ।
संयोजक विप्लव सीले संघीय गणतन्त्र जनताको व्यबस्था भइसकेको भन्ने भ्रममा पर्यौ भने दलालहरुले वर्तमान उपलब्धी पनि खाइदिने ठोकुवा गर्दै यही जगमा टेकेर नेपाली विषेशताको समाजवादमा जानुको बिकल्प नभएको बताए । उनले देशको समग्र पुंजी सिमित दलालहरुको कब्जामा भएको उल्लेख गर्दै शिक्षा ,स्वास्थ, रोजगार, गाँसबास, कपासको ज्ञारेन्टी समाजवादले गर्ने बताए ।
संयोजक विप्लव सीले समाजवाद बारे काङ्ग्रेससङ्ग पनि कुरा मिल्न सक्ने तर कुन समाजवाद हो खुलेर भन्न सक्नु पर्ने बताउदै भने– संविधान परिवर्तन गरेर , जनमत संग्रह गरेर र सडकबाट समाजवाद आउन सक्ने र त्यसमा सम्सद र जनताको समर्थन जरुरी भएको बताए ।
उनले भने– ’ नेपालका सबै माओवादीलाइ एकैठाउ ल्याउने आट गर्नुपर्छ। तर माओवादीले मात्र पुग्दैन , एउटै कम्युनिस्ट पार्टी बनाउने दिशामा सबै कम्युनिस्ट लाग्नु पर्छ। अनिमात्र समाजवाद सम्भव हुन्छ ।’
संयोजक विप्लव सीले साम्राज्यवादीले नेपालीहरुमा निरासा बाढेर, श्रम लुटेर आफ्नो देश बनाएको उल्लेख गर्दै नेपालका राजनितिक दलहरुले यो कुरा बेलैमा बुझेनन भने देश रित्तो हुने र त्यहाका मालिक नेपाल आएर, लगानी गरेर देश नै कब्जा गर्ने अबस्था आएको बताए । उनले नेपालमा क्रिश्चियनकरण गर्न अमेरीकाले लगानी गरेको , नेपालका ७ जिल्लामा सैन्य ब्यारेक खडा गर्न खोजेको र एमसीसी त्यही अनुरुप आइरहेको बताउदै नेपालमा साम्राज्यवादी खतरा भएको र त्यो सङ लड्न्ने आँट समाजवादी मोर्चासङ्ग भएको बताए ।


यसैगरी , सोही कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्र लोहनीले समाजवाद लागू गर्न अहिले अनकुल समय भएको र त्यसका लागि स्थिर सरकार चाहिएको बताए । उनले सन्सारमा दलाल पुंजीवादी ब्यबस्था र समाजवादी ब्यबस्था भएको उल्लेख गर्दै क्रान्तिकारी पार्टी र सरकारले मात्र समाजवाद लागू गर्न सक्ने बताए ।
लोहनीले अमेरिकामा बसेर दलाल पुंजीवादले नेपाललगायत बिश्वभरी भुमन्डलीकृत रुपमा लुटिरहेको उल्लेख गर्दै अमेरिकी अर्थ ब्यबस्था साम्राज्यवादी नीति नै खतरामा परेको बताए । उनले समाजवाद र त्यसलाई उत्कर्षमा पुर्याउने माध्याम श्रोत साधनको समान बितरण भएको बताउदै बढी कमाउनेसङ्ग बढी कर लिने र कम कमाउनेलाइ राज्यले ब्यवस्थापन गरिदिने र तल्लो तहसम्म समानता कायम गर्नु समाजवाद भएको बताए ।
लोहनीले दलाल पुंजीले नेपालको अर्थ ब्यबस्था जकडीएको उल्लेख गर्दै राज्यका निकाय शिक्षा ,स्वास्थ्य, आर्थिक , सांस्कृतिक सबै क्षेत्रमा दलाल हाबी भएको च त्यसले सरकार नै ढलाइ दिने बताए । उनले अब कम्युनिस्ट ,समाजवदी र देशभक्त एकहुने दिन आएको भन्दै समाजवादी ब्यबस्थामा जान समाजवादी मोर्चा बनेको बताए ।
यसैगरी , सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश साम्सद जगतजङले समाजवादी क्रान्तिको आधार तयार गर्न समाजवादी मोर्चा बनेको बताए। उनले सामन्तवादको अन्तसङ्गै नेपालमा पुंजीवाद नभै दलाल पुंजीवाद, वित्तीय पुजिवादमा रुपान्तरण भएको उल्लेख गर्दै साम्राज्यवादले खडा गरेका भ्रमलाई काउन्टर गर्न नयाँ बिचारको विकाश गर्न जरुरी भएको बताए ।
नेता जगतजङले जनताको सहभागितामा मिश्रित खालको सबैलाई प्रत्यक्ष अनुभुत हुनेगरी आत्मनिर्भर अर्थ प्रणाली निर्माण गरेर साम्राज्यवादलाई परास्त गर्न सकिने बताए । उनले निजि सम्पत्ति सम्बन्धि धारणालाई परिमार्जन गर्न सकिएन भने समाजवादको आधार तयार नहुने बताए।
यसैगरी , सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका रसुवा इन्चार्ज कल्पना शर्माले प्राप्त उपलब्धीको रक्षा गर्न सम्पुर्ण माओवादी एकठाउ आउनु पर्ने बताइन। उनले अहिलेको आवश्यकता सम्पुर्ण बामपंथी समाजवादी मोर्चामार्फत एकठाउमा आउनु पर्ने र माओवादी घटक सबै एकीकरण हुनु पर्ने बताइन । उनले माओवादीले बाटो बिराउदा नयाँ भनिएकाबाट प्राप्त उपलब्धिमाथी खतरा भएको बताइन।
उक्त अन्तरक्रिया कार्यक्रममा समाजवादी मोर्चा नेपाल रसुवाका संयोजक शिव लामिछानेले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने वक्ताहरुले उक्त अवधारणामाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए।

भिडियो :

प्रतिक्रियाहरु