सम्पादकीय

व्यक्ति होइन व्यवस्था बदलौं

यतिबेला प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गरिएको स्थिति छ । संसद् विघटनपछि कतिपय राजनीतिक दलहरुले सरकारले गैरसंवैधानिक कार्य ग¥यो भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुको साथै सडक संघर्षको घोषणासमेत गरेका छन् । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनहितको कार्य गर्न नसकेर वा नपाएर जसरी भए पनि संसद् […]

२०७७ पुष १२ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

यतिबेला सत्ताधारी दल नेकपाभित्रको रडाकोले देश र जनता आजित भएका छन् । सरकारले राष्ट्रहित र जनहितको कार्य गर्न सकेको छैन । सत्ताधारी दलभित्रको रडाको र सरकारको निरंकुश शैलीले राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि गम्भीर संकट आइपरेको छ । सरकार र सत्ताधारी दलभित्रको रडाकोले संसदीय व्यवस्था असफलसिद्ध भइसकेको पुष्टि हुन्छ । यस्तो अवस्थामा देशलाई वर्तमान संकटबाट पार […]

२०७७ पुष ५ गते, आईतवार

देशलाई द्वन्द्वमा नधकेल

सरकारले पछिल्लो समय नागरिकको शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारमाथि अंकुश लगाउन थालेको छ । सरकारले गरेका राष्ट्रघात र जनघातको विरोध गर्दा धरपकड गर्ने, गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाउने कार्य गर्नु संविधानको ठाडो उल्लंघन हो । आफ्नो लुटको स्वार्थ कायम राख्न जनताको संविधान प्रदत्त मौलिक हक कुण्ठित पार्नु निन्दनीय, लाजमर्दो र घृणित कार्य […]

२०७७ मंसिर २८ गते, आईतवार

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

सरकारले पछिल्लो समय संविधान प्रदत्त जनताको मौलिक हकअधिकार कुण्ठित गर्ने कार्यलाई तीव्रता दिएको छ । करिब दुई वर्ष अगाडि सरकारले राष्ट्र र जनताको पक्षको वकालत गरेबापत नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर आफैँले विश्वको उत्कृष्ट भन्दै जारी गरेको संविधानको खिल्ली उडाएको थियो । नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा मौन बसेका राजनीतिक दल र शक्तिहरुको शान्तिपूर्ण विरोध […]

२०७७ मंसिर २१ गते, आईतवार

भ्रष्टाचारविरुद्ध जागौं

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स २०१९’ ले नेपालमा नीतिगत र राजनीतिक भ्रष्टाचार मौलाएको र सबैभन्दा भ्रष्ट सांसद र कर्मचारी रहेको तथ्य उजागर गरिदिएको छ । विश्वभरका मुलुकको भ्रष्टाचार सूचकांक प्रकाशित गर्ने सो संस्थाले भ्रष्टाचार नियन्त्रणमा नेपालले जनाएको प्रतिवद्धता कार्यान्वयन नभएको तथा सार्वजनिक तथा निजी क्षेत्रमा भ्रष्टाचार र अधिकार दुरुपयोग यथावत रहेको निस्कर्ष […]

२०७७ मंसिर १४ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको कार्यभार पूरा गर्न सफल होस्

आज नेपाल कम्युनिस्ट पार्टी ‘सातौँ पार्टी पुनर्गठन दिवस’ मनाउँदैछ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा पुनर्गठन भएको उक्त पार्टी पनि वैचारिक, राजनीतिक र सांगठानिकरुपमा अलमलमा परी क्रान्तिको लागि बाधक […]

२०७७ मंसिर ८ गते, सोमबार

संसदीय व्यवस्था असफलसिद्ध

पछिल्लो समय सत्ताधारी, पार्टी र सरकारको रडाकोले जग हसाएको छ । देश र जनता कोरोनाबाट आतंकित छन् । देशी, विदेशी दलालहरुको जगजगी दिनप्रतिदिन बढिरहेको छ । तर, सरकार देश र जनताको भन्दा कसरी आफ्नो कुर्सी जोगाउने भन्ने मै केन्द्रित भएको छ । सत्ताधारी पार्टी र सरकारभित्र देखिएको यो विवादसँगै वैदेशिक शक्तिहरु आफ्नो स्वार्थपूर्तिका लागि नेपाल […]

२०७७ कार्तिक २३ गते, आईतवार

राष्ट्रघात र जनघातविरुद्ध एकजुट होऔँ

सरकारले पछिल्लो समय शान्तिपूर्ण विरोधका कार्यक्रम र नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड बढाएको छ । हालै २१ राजनीतिक संगठनको शान्तिपूर्ण विरोध कार्यक्रमा प्रहरी दमन र देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको आरोप लगाउँदै सर्वसाधारण जनताको घर खानतलासी गर्ने, नेकपाका नेता, कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्ने, भूmठा मुद्दा लगाउने र जेलमा कोच्ने कार्यलाई तीव्रता दिएको छ । यतिबेला […]

२०७७ कार्तिक १६ गते, आईतवार

कोरोना नियन्त्रणका लागि उचित कदम चाल

देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेर संघीय राजधानीकै अस्पतालहरूमा आइसोलेसन र आइसियु बेड अभाव हुन थालिसक्दा पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति र मन्त्रिपरिषद्को ध्यान संक्रमण रोकथाममा केन्द्रित छैन । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न […]

२०७७ आश्विन २५ गते, आईतवार

संसदीय व्यवस्था असफलसिद्ध

रुपमा हेर्दा देशमा झण्डै दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार छ । तर, व्यवहारमा सरकारले देश र जनताको निम्ति कुनै उल्लेख्य काम नगरेको घामजत्तिकै छर्लङ्ग छ । विश्व नै कोरोनाबाट आतंकित भइरहेको समय नेपाल र नेपाली पनि सो आतंकबाट वञ्चित रहन सकेका छैनन् । लामो समयको बन्दाबन्दीले गर्दा उद्योग, कलकारखाना, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत […]

२०७७ आश्विन १८ गते, आईतवार