भ्रष्टाचारविरुद्ध जागौं

२०७७ मंसिर १४ गते, आईतवार

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स २०१९’ ले नेपालमा नीतिगत र राजनीतिक भ्रष्टाचार मौलाएको र सबैभन्दा भ्रष्ट सांसद र कर्मचारी रहेको तथ्य उजागर गरिदिएको छ । विश्वभरका मुलुकको भ्रष्टाचार सूचकांक प्रकाशित गर्ने सो संस्थाले भ्रष्टाचार नियन्त्रणमा नेपालले जनाएको प्रतिवद्धता कार्यान्वयन नभएको तथा सार्वजनिक तथा निजी क्षेत्रमा भ्रष्टाचार र अधिकार दुरुपयोग यथावत रहेको निस्कर्ष निकालेको छ ।

नेपालमा हाल झण्डै दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट नामधारी सरकार भएतापनि भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै जानु आपैmँमा निन्दनीय र लाजमर्दो विषय हो । सरकारले भ्रष्टाचार, महंगी, कालाबजारी र गुण्डा गर्दी रोक्न नसक्नु र देशमा देशी– विदेशी दलालहरु हावी हुनु र वैदेशीक हस्तक्षेप बढ्नुले वर्तमान संसदीय व्यवस्थाको असफलतालाई उजागर गर्दछ । संसदीय व्यवस्थाको यही नकारात्मक पक्षलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टीले देशमा वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको भन्दै एकीकृत जनक्रान्तिमार्पmत् संघर्ष अगाडि बढाइ रहेको छ । तर सरकारले नेपाल कम्युनिष्ट पार्टीको उक्त राष्ट्रवादी र जनवादी कार्यलाई रोक लगाउँदै त्यस पार्टीमाथि प्रतिवन्ध लगाएको छ । सरकार राष्ट्रहित र जनहितभन्दा राष्ट्रघात र जनघात गर्न उद्दत भएको प्रशस्त प्रमाणहरु विभिन्न सञ्चारमाध्यमा छताछुल्ल भइनै रहेका छन् । यस्तो अवस्थामा देशमा भएका तमाम विकृतिहरुलाई नामेट पार्न नेपाल कम्युनिष्ट पार्टीले भने जस्तो वैज्ञानिक समाजवादबाट मात्र सम्भव छ । यसकारण राष्ट्र र जनहितको लागि वर्तमान भ्रष्ट संसदीय व्यवस्था खारेज गरी नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ आम स्वाभीमानि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीले अघि सारेका एकीकृत जनक्रान्तिलाई साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा यो संसदवादी व्यवस्था, दल र नेताहरुले राष्ट्र र जनताको अस्तित्व नामेट पार्ने देखिन्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु