संसदीय व्यवस्था असफलसिद्ध

२०७७ कार्तिक २३ गते, आईतवार

पछिल्लो समय सत्ताधारी, पार्टी र सरकारको रडाकोले जग हसाएको छ । देश र जनता कोरोनाबाट आतंकित छन् । देशी, विदेशी दलालहरुको जगजगी दिनप्रतिदिन बढिरहेको छ । तर, सरकार देश र जनताको भन्दा कसरी आफ्नो कुर्सी जोगाउने भन्ने मै केन्द्रित भएको छ । सत्ताधारी पार्टी र सरकारभित्र देखिएको यो विवादसँगै वैदेशिक शक्तिहरु आफ्नो स्वार्थपूर्तिका लागि नेपाल केन्द्रित भएका छन्, जसको कारण राष्ट्र र राष्ट्रियतामाथि नै आँच आउने सम्भावना बढेर गएको छ । यस्तो अवस्थामा राष्ट्र र जनतालाई देशी, विदेशी दलालको चङ्गुलबाट बचाउन संघर्षको विकल्प छैन । यसबेला राष्ट्र र जनतालाई दलालहरुको चङ्गुलबाट मुक्त पार्न विगतदेखि नै संघर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नु अनिवार्य बन्दै गएको छ । किनकि वर्तमान संसदीय व्यवस्थाबाट राष्ट्र र जनताको मुक्ति सम्भव छैन भन्ने ठोकुवा गर्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षको थालनी गरेको थियो, जुन कुराको अहिले पुष्टि हुँदै आएको छ । जबसम्म देशमा यस किसिमको संसदीय व्यवस्था कायम रहन्छ तबसम्म सत्ता र सरकारको छिनाझम्टी कायम रहन्छ । उनीहरुले राष्ट्र र जनताको बारेमा सोच्ने मौकै पाउँदैनन् । जसको उदाहरणस्वरुप अहिले सत्ताधारी नेकपा र सरकारबीच मच्चिरहेको रडाकोलाई लिन सकिन्छ ।

तसर्थ, राष्ट्र र जनतालाई वर्तमान संकटबाट मुक्त पार्ने नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्ति निर्विकल्प भएको छ । यसमा आमबुद्धिजीवि र सचेत नागरिक गोलबद्ध भई सफल पार्नुको विकल्प छैन । अन्यथा यी संसद्वादी दल र नेताहरुले देशलाई विघटनको संघारमा पु¥याउने निश्चित देखिन्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु