संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद

२०७७ पुष ५ गते, आईतवार


यतिबेला सत्ताधारी दल नेकपाभित्रको रडाकोले देश र जनता आजित भएका छन् । सरकारले राष्ट्रहित र जनहितको कार्य गर्न सकेको छैन । सत्ताधारी दलभित्रको रडाको र सरकारको निरंकुश शैलीले राष्ट्र, राष्ट्रियता र जनजीविकामाथि गम्भीर संकट आइपरेको छ । सरकार र सत्ताधारी दलभित्रको रडाकोले संसदीय व्यवस्था असफलसिद्ध भइसकेको पुष्टि हुन्छ । यस्तो अवस्थामा देशलाई वर्तमान संकटबाट पार लगाउन तमाम क्रान्तिकारी दल, नेता र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुको विकल्प छैन ।
विगतमा संसदीय व्यवस्थाले देश र जनतालाई अग्रगमनतर्फ लैजान नसक्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीले संसदीय निर्वाचन बहिष्कार गर्दै संघर्षमा होमिएको थियो । त्यतिबेला नेपाल कम्युनिस्ट पार्टीले गरेको सो कार्य हाल आएर पुष्टि भएको छ किनकि देशमा झण्डै दुई तिहाई बहुमत प्राप्त छ तर सरकारको कार्यशैलीले देश र जनता धराशयी हुने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिबाहेक अर्को विकल्प हुनै सक्दैन । तसर्थ, देश र जनतालाई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा सम्पूर्ण क्रान्तिकारी राजनीतिक दल, नेता र राष्ट्रवादी शक्ति गोलबद्ध हुनैपर्छ ।
देशलाई वर्तमान संकटबाट मुक्त पार्न संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादबाहेक अर्को हुनै सक्दैन । वैज्ञानिक समाजवाद प्राप्त गर्न नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा गोलबद्ध हुँदै सरकार र संसदीय व्यवस्थाको विरुद्ध संघर्षको आँधीबेहरी सिर्जना गर्नुको विकल्प छैन । किनकि जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, तबसम्म देश र जनता संकटबाट मुक्त हुन सक्दैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार