नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको कार्यभार पूरा गर्न सफल होस्

२०७७ मंसिर ८ गते, सोमबार

आज नेपाल कम्युनिस्ट पार्टी ‘सातौँ पार्टी पुनर्गठन दिवस’ मनाउँदैछ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा पुनर्गठन भएको उक्त पार्टी पनि वैचारिक, राजनीतिक र सांगठानिकरुपमा अलमलमा परी क्रान्तिको लागि बाधक बनेपछि २०७१ मंसिर ८ गते विप्लव र प्रकाण्डसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठन भएपछि सो पार्टीले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयलाई केन्द्रमा राख्दै संघर्षलाई अगाडि बढाउँदै आएको छ । सो पार्टीको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा पारित गर्दै हाल सोही कार्यदिशाबमोजिम क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट भएका छन् । देश पुनः संसद्वादी भासमा डुबेको छ । राष्ट्रियता संकटमा परेको छ, भारतीय अतिक्रमणले सीमा नाघेको छ, जनजीविकाका दिनप्रतिदिन चौपट हुँदै गएको छ । भ्रष्टाचार, कालोबजारीले सीमा नाघेको छ । तर, सरकार कानमा तेल हालेर बसेको छ ।

यतिबेला बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीबाट जनजीविका चौपट भएको छ । सर्वसाधरण नागरिक उचित उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएका छन् भने सरकारले कोरोना संक्रमण रोकथाम र उपचारको नाममा करोडौँ भ्रष्टाचार गरेको बिषय छताछुल्ल भइरहेका छन । यस्तो अवस्थामा आमजनताको आशाको केन्द्र भनेको नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । देश र जनतालाई वर्तमान विकराल स्थितिबाट पार लगाउन कम्मर कसेर संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी दिनप्रतिदिन जनताको प्यारो बन्दै गएको छ । उसलाई आमनेपाली जनताले साथ र सहयोग गर्न थालेका छन् । नेकपाप्रतिको यही जनलहर देखेर सरकारले उसमाथि प्रतिबन्ध लगाएको छ । तर, सरकारको प्रतिबन्धलाई खारेज गर्दै नेकपा देश र जनताको लागि खरोरुपमा संघर्षमा उत्रिएको छ । नेकपाको यही कार्यशैलीका कारण आमजनताको आशाको दियो बन्न पुगेको छ । संसद्वादी भ्रष्ट राजनीतिबाट वाक्कदिक्क भएका नेपाली जनता राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा नेकपाको काँधमा काँध मिलाउन तयार भएका छन् । यस्तो अवस्थामा पार्टी पुनर्गठन दिवस मनाउँदै गरेको नेकपालाई साथ, सहयोग र शुभकामना दिनु हरेक सचेत नागरिकको दायित्व छ । हाम्रो तर्फबाट पनि नेपाल कम्युनिस्ट पार्टीको ‘सातौँ पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सफल होस् र क्रान्तिकारी कार्यभार पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी सफल होस्, यही शुभकामना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार

सहिदका सपना साकार पारौं

२०८० फाल्गुन १४ गते, सोमबार