सम्पादकीय

एकीकृत जनक्रान्तिमा गोलबद्ध होऔं

सरकारको कार्यशैलीका कारण देश र जनता आक्रान्त बनेका छन् । कोरोनाका कारण देशको अर्थव्यवस्था चौपट भएको छ भने जनजीविका कष्टकर बन्दै गएको छ । तर, सत्ताधारी पार्टी र सरकार कानमा तेल हालेर बसेको छ । खेतीको समयमा कृषकले मल पाएनन्, रेलमार्गको नाममा करोडौँको घोटाला गर्न सत्तामा रहेका र दलमा प्रभुत्व जमाएका नेताहरु नै टुप्पी कसेर […]

२०७७ भाद्र २८ गते, आईतवार

भ्रष्टाचारीलाई कारवाही गर

अहिले देश र जनता कोरोनाबाट आक्रान्त भएका छन् । देशको अर्थव्यवस्था चौपट भएको छ भने जनजीवन दिनप्रतिदिन कष्टपूर्ण बन्दै गएको छ । सरकारले कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा जारी गरेर जनता थप प्रताडित बनाएको छ । कोरोना संक्रमित उचित स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमाउन बाध्य छन् । तर, पनि सरकारको घैँटोमा घाम लागेको छैन । […]

२०७७ भाद्र २१ गते, आईतवार

कोरोना नियन्त्रणमा ध्यान देऊ

देशभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । विज्ञहरुले कोरोना भाइरसले भयावह रुप लिन सक्ने भन्दै सरोकारवाला निकायहरुलाई सचेत रहन र बेलैमा नियन्त्रणका लागि उचित कदम चाल्न सल्लाह दिइरहेका छन् । तर, सरकार र सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिएको देखिँदैन । देश र जनता कोरोनाबाट आतंकित भइरहेको बेला सत्तारुढ नेकपा भने जुँगाको लडाइँमा मस्त छ […]

२०७७ श्रावण २६ गते, सोमबार

नेकपामाथिको दमन बन्द गर

देश र जनता कोराना भाइरसबाट आतंकित भइरहेका छन् । यही समयमा छिमेकीभित्र राष्ट्र भारतले अतिक्रमण र हस्तक्षेप बढाएको छ । सत्तारुढ पार्टीभित्र सरकारको विषयमा छिनाझम्टी भइरहेको छ । तर, नेपाल कम्युनिस्ट पार्टी भने भारतीय हस्तक्षेपको विरोध गर्दै कोरोना भाइरसबाट प्रताडित जनताको सेवामा जुटेको छ । देशलाई अस्थिर बनाउँदै आफ्नो स्वार्थ पूरा गर्न देश र जनतालाई […]

२०७७ श्रावण १८ गते, आईतवार

देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ

यतिबेला देशको राजनीति निकै तरल बनेको छ भने कोरोनाको कारण आर्थिक स्थिति धराशयी हुन पुगेको छ । यस्तो अवस्थामा सरकार दह्रो भएर अगाडि बढ्नुपर्ने हो । तर, सत्तासीन दलभित्र नै अहिले रडाको मच्चिरहेको छ । जसको कारण सरकारले आफ्नो अस्तित्व रक्षाकै निम्ति सम्पूर्ण शक्ति खर्चिरहेको देखिन्छ । देशी, विदेशी दलालका यतिबेला नेपाललाई असफल राष्ट्रमा दर्ज […]

२०७७ श्रावण ११ गते, आईतवार

संसदीय व्यवस्था असफलसिद्ध

देश र जनता कोरोना भाइरसले आक्रान्त भएका छन् । सरकारले कोरोना जाँचलाई प्रभावकारी बनाउन नसक्दा जनता आतंकित भएका छन् । कोरोनाले देश र जनताको आर्थिक अवस्थालाई धराशयी बनाएको छ । कोरोना भाइरस जाँचबुझ र नियन्त्रणका नाममा सरकारी पक्षले नै ब्रह्मलुट मच्चाइरहेको समाचार दैनिक सार्वजनिक भइरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । […]

२०७७ श्रावण ४ गते, आईतवार

नक्सा मात्र होइन, भूमि पनि फिर्ता ल्याऊ

सरकारले हालै भारतले अतिक्रमण गरी आफ्नो नक्सामा भित्र्याएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतले वर्षौंदेखि अतिक्रमण गरी आफ्नो स्वामित्व कायम गर्न खोजेको भूमिलाई समेटी नक्सा सार्वजनिक गर्नु सह्रानीय कार्य हो । सरकारले नक्सा सार्वजनिक गरेर मात्र पुग्दैन, भारतले अतिक्रमण गरेका भूमि तत्काल फिर्ता ल्याउन पहल गर्नुपर्छ । यो आमस्वाभिमानी जनताको […]

२०७७ श्रावण २ गते, शुक्रबार

भारतीय हस्तक्षेप असैह्य

पछिल्लो समय सत्ताधारी नेकपाभित्र पदको विषयलाई लिएर रडाको मच्चिरहेको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेवलगायत झुण्ड ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन न्वारानदेखि बल लगाइरहेका छन् । सत्ताधारी पार्टीभित्रको यही द्वन्द्वलाई मच्चाएर छिमेकी मित्रराष्ट्र भारत आफ्नो भक्तहरुलाई सत्तामा ल्याउन जोरजबर्जस्ती गरिरहेको छ । भारतको ‘रअ’का प्रमुखलगायतका व्यक्तिहरु नेपाल आएर ओलीलाई सरकारबाट हटाउन […]

२०७७ श्रावण १ गते, बिहीबार

व्यक्ति होइन व्यवस्था बदलौ

यतिबेला देशमा बन्दाबन्दीको अवस्था छ । बन्दाबन्दीलेआम नागरिकको जनजीवन चौपट बनाएको छ । समग्रमा भन्नु पर्दा बन्दाबन्दीले देश र जनतालाई धरासायी बनाउन खोज्दैछ देश र जनतालाई यस महासं कटबाट पार लगाउने जिम्मा सरकारको हो । तर यहीबेला सत्ताधारी नेकपा आपै संकटको भुमरीमा फसेको छ । सरकार आफ्नो सत्ता जोगाउन भएभरको बल लगाइ रहेको छ भने […]

२०७७ श्रावण १ गते, बिहीबार

देशलाई अमेरिकी साम्राज्यवादको खेलमैदान हुनबाट बचाऔं

यतिबेला एमसीसी सम्झौतालाई लिएर देशव्यापीरुपमा आन्दोलन चर्किरहेको छ । आमस्वाभिमानी नेपाली जनता, एमसीसीको विरुद्धमा उत्रिएका छन् भने सरकार कुनै पनि हालतमा एमसीसी संसद्बाट पारत गराउने प्रपञ्चमा लागिरहेको छ । असार १६ गतेभित्र एमसीसी संसद्बाट पारित गरिसक्नुपर्ने समयसीमा तोकिएको र असार १७ गते नभई संसद् नबस्ने भएकाले तत्काल खतरा टरेको जस्तो देखिए पनि अमेरिकी विदेश मन्त्रीले […]

२०७७ श्रावण १ गते, बिहीबार