अर्थ

नेपाली अढाइसय रुपैयाँमा भारु पाँचसय साटिदैं

काठमाडौं, ३ मंसिर । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् । महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् । रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भारु साटिँदा […]

२०७३ मंसिर ३ गते, शुक्रबार

सांसदद्वारा पेन्सन माग

काठमाडौँ, २ मङ्सिर । संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् । विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका सांसदलाई पेन्सन सुविधा दिइनुपर्ने माग गरी संशोधन दर्ता भएको हो । विधेयकमा संशोधन दर्ता गर्ने क्रम बिहीबार सकिँदैछ तर ठूला दल […]

२०७३ मंसिर २ गते, बिहीबार

कर्मचारीकै मिलेमतोमा चोरी !

काठमाडौं, १ मंसिर । पाटन औद्योगिक क्षेत्रमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको कार्यालयमा कर्मचारीकै मिलेमतोमा चोरी भएको छ । कम्पनीका स्टोरकिपर सुवास रेग्मी र पूर्व स्पेयर पाट्र्स एक्जुेिटिभ सन्तोष मैनालीकै मिलेमतोमा १५ लाखभन्दा धेरै रुपैयाँबराबरको धनमाल चोरी भएको हो । प्रहरीले रैग्मी र मैनालीसहति चारजनालाई पक्राउ गरेको छ । नुवाकोटका सूर्यबहादुर थापा र काभ्रेका अरुण लामालाई […]

२०७३ मंसिर १ गते, बुधबार

लोडसेडिङ अन्त्य हुन्छ: घिसिङ

काठमाडौं, ३० कात्तिक । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रबन्ध निर्देशक घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै लोडसेडिङ गर्ने योजनाका साथ […]

२०७३ कार्तिक ३० गते, मंगलवार

भारतीय नोटको समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्का, भारत सरकारले भारतीय रुपैयाँ ५०० र रु एक हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको भन्दै सरकारले तत्काल भारत सरकारसँग कुरा गरी समस्या समाधान […]

२०७३ कार्तिक २९ गते, सोमबार

धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुदै

काठमाडौं,२९ कात्तिक । आगामी मंसिर १ देखि धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुने भएको छ । अर्थ मन्त्रालयले कात्तिक २३ मा धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई स्वीकृति प्रदान गरेको छ । अब बोर्डले आगामी मंसिर १ गतेदेखि उक्त नियमावली लागू गर्ने भएको बोर्डले जनाएको छ । पूँजीबजारको विकास तथा बिस्तार […]

२०७३ कार्तिक २९ गते, सोमबार

बानेश्वर सवस्टेसनबाट वितरण हुने विद्युत् आपूर्तिमा कटौती हुने

काठमाडौं, २८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आज आइतबार र भोलि सोमबार बानेश्वर सवस्टेसनबाट वितरण हुने विद्युत् आपूर्तिमा कटौती हुने जनाएको छ । प्राधिकरण काठमाडौं ग्रीड महाशाखा प्रमुख यादवराज घलेका अनुसार बानेश्वर सवस्टेसनमा ‘सर्किट ब्रेकर’ फेर्नुपर्ने भएकाले त्यस क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म […]

२०७३ कार्तिक २८ गते, आईतवार

‘जिविसको लापरबाहीले किसानका खेत सुके’

काठमाडौ, २७ कात्तिक । जिल्ला विकास समिति झपाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबकहो पाँच वर्षमा सिँचाई सुविधा पुगेका झपाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन् । उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकैधान फल्ने […]

२०७३ कार्तिक २७ गते, शनिबार

हङकङ बजारमा आगलागी

काठमाडौं, २५ कात्तिक । गएराति पोखराको पृथ्वी चोकनजिकको हङकङ बजारमा आगलागी भएको छ । राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति पुर्‍याएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण […]

२०७३ कार्तिक २५ गते, बिहीबार

भारु ५०० र १००० कारोबार नगर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २४ कात्तिक । भारतले मंगलबार रातिदेखि भारु ५०० र एक हजारदरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौं नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौं भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना […]

२०७३ कार्तिक २४ गते, बुधबार