बानेश्वर सवस्टेसनबाट वितरण हुने विद्युत् आपूर्तिमा कटौती हुने

२०७३ कार्तिक २८ गते, आईतवार

काठमाडौं, २८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आज आइतबार र भोलि सोमबार बानेश्वर सवस्टेसनबाट वितरण हुने विद्युत् आपूर्तिमा कटौती हुने जनाएको छ । प्राधिकरण काठमाडौं ग्रीड महाशाखा प्रमुख यादवराज घलेका अनुसार बानेश्वर सवस्टेसनमा ‘सर्किट ब्रेकर’ फेर्नुपर्ने भएकाले त्यस क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म विद्युत् अवरुद्ध हुने घलेले बताए ।
शंखमूल, बीआइसी हल, धोवीखोला, बाग्मती, कोटेश्वर, एअरपोर्ट, बानेश्वर, लुवु, इमाडोल, न्यूएअरपोर्ट र गोेठाटार क्षेत्रमा विद्युत् अवरुद्ध हुने घलेले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु