लोडसेडिङ अन्त्य हुन्छ: घिसिङ

२०७३ कार्तिक ३० गते, मंगलवार

काठमाडौं, ३० कात्तिक । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रबन्ध निर्देशक घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै लोडसेडिङ गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन् । उनले लोडसेडिङ अन्त्य गर्छु भनेर हिँड्ने काम होईन भन्दै व्यवस्थापन महत्वपूर्ण कुरा रहेको पनि बताए । व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको उनले जिकिर गरे । उनले यो आफू एक्लैले नभै वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको पनि उल्लेख गरे । अहिलेको दुई महिना आफुहरु लोडसेडिङ नगर्न सफल भए वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्ने समेत उनले बताए । घिसिङले अहिले काठमाडौं उपत्यका बाहिर पनि बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको पनि स्पष्ट पारे । साथै अहिले कुलेखानी नचलाइएको र मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म चल्न सक्ने भन्दै उनले कुलेखानी रित्याएको भन्ने भनाईको खण्डन पनि गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार

सुन प्रतितोला एक लाख ४० हजार

२०८१ जेष्ठ ३ गते, बिहीबार