धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुदै

२०७३ कार्तिक २९ गते, सोमबार

काठमाडौं,२९ कात्तिक । आगामी मंसिर १ देखि धितोपत्र दर्ता तथा निश्कासन नियमावली लागू हुने भएको छ । अर्थ मन्त्रालयले कात्तिक २३ मा धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई स्वीकृति प्रदान गरेको छ । अब बोर्डले आगामी मंसिर १ गतेदेखि उक्त नियमावली लागू गर्ने भएको बोर्डले जनाएको छ । पूँजीबजारको विकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साविकको नियमावलीमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्ने, बजार विकासका लागि आवश्यक नयाँ व्यवस्थाहरु गर्ने उद्देश्यले तयार गरिएको यस नियमावलीले साविकको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ लाई प्रतिस्थापन गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सुन प्रतितोला १ लाख ४० हजार ९ सय

२०८१ जेष्ठ ६ गते, आईतवार

स्टार्टअपलाई १० वर्ष आयकर छुट

२०८१ जेष्ठ ६ गते, आईतवार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार