अर्थ

हङकङ बजारमा आगलागी

काठमाडौं, २५ कात्तिक । गएराति पोखराको पृथ्वी चोकनजिकको हङकङ बजारमा आगलागी भएको छ । राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति पुर्‍याएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण […]

२०७३ कार्तिक २५ गते, बिहीबार

भारु ५०० र १००० कारोबार नगर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २४ कात्तिक । भारतले मंगलबार रातिदेखि भारु ५०० र एक हजारदरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौं नेपाली नागरिक एवं भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौं भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना […]

२०७३ कार्तिक २४ गते, बुधबार

सैनिकहरूको खाजा खर्चमा वृद्धि

काठमाडौ, २४ कात्रिक । सरकारले नेपाली सेनाका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्ने सैनिकहरूको दैनिक खाजा खर्चमा वृद्धि गरेको छ । सरकारले दैनिक ३० रूपैयाँ खाजा खर्चलाई बढाएर एकसय रूपैयाँ पुराएको हो । राष्ट्रिय र अन्य सुरक्षाबाहेक सेनाले मुलुकको विभिन्न भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । समय अनुसार खाजा खर्च पनि वृद्धि […]

२०७३ कार्तिक २४ गते, बुधबार

जेलको कमाइबाट परिवार पाल्छन् कैदी

काठमाडौं, २३ कात्तिक । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन् । आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन् । ‘समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौं,’ कैदी खिमबहादुर थापाले भने । मासिक प्रतिव्यक्ति रु ५/६ […]

२०७३ कार्तिक २३ गते, मंगलवार

वनका उपाध्यक्षसहित काठ तस्करीको आरोपमा पक्राउ

काठमाडौ, २३ कात्तिक । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका […]

२०७३ कार्तिक २३ गते, मंगलवार

यसरी हट्यो लोडसेडिङ

काठमाडौ, २२ कात्तिक । विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ। काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। […]

२०७३ कार्तिक २२ गते, सोमबार

उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव

काठमाडौ, २१ कात्तिक । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी सिलिङ तोक्ने तयारी भएको हो। ०६८ मा ल्याएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि संशोधनका लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको […]

२०७३ कार्तिक २१ गते, आईतवार

नेप्से ओरालो लाग्यो

काठमाडौँ, २० कात्तिक । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९.७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब […]

२०७३ कार्तिक २० गते, शनिबार

रसुवागढी जलविद्युत आयोजनाको काम सुचारु

काठमाडौं , २० कात्तिक । भूकम्प र नाकावन्दीले एक वर्षभन्दा बढी बन्द भई थलिएको रसुवागढी जलविद्युत आयोजनाको कामले गती लिने भएको छ । चीनियाँ ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले निर्माण स्थलमा सुरक्षाको कारण देखाउँदै काममा नआए पछि बन्द भएको काम लामो वार्तापछि चीनियां ठेकेदार काममा फर्किने सहमत भए पछि कामले गति लिने भएको हो […]

२०७३ कार्तिक २० गते, शनिबार

राष्ट्र बैंकले झुत्रो नोट नसाट्ने

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो । उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बैंक तथा […]

२०७३ कार्तिक १९ गते, शुक्रबार