नेपाली अढाइसय रुपैयाँमा भारु पाँचसय साटिदैं

२०७३ मंसिर ३ गते, शुक्रबार

काठमाडौं, ३ मंसिर । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् । महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् । रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भारु साटिँदा राहत भएको स्थानीय ललन झाले बताए । उनले सात हजार भारु आधा दाममा साटेका थिए ।
सीमाक्षेत्रका सटही कारोबारीले भारतीय बैंकहरुमा लामो लाइन बसी रकम खुद्रा गरी ल्याई त्यसलाई दोब्बर फइदा लिई बिक्री गर्ने गरेका छन् । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार