कर्मचारीकै मिलेमतोमा चोरी !

२०७३ मंसिर १ गते, बुधबार

काठमाडौं, १ मंसिर । पाटन औद्योगिक क्षेत्रमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको कार्यालयमा कर्मचारीकै मिलेमतोमा चोरी भएको छ । कम्पनीका स्टोरकिपर सुवास रेग्मी र पूर्व स्पेयर पाट्र्स एक्जुेिटिभ सन्तोष मैनालीकै मिलेमतोमा १५ लाखभन्दा धेरै रुपैयाँबराबरको धनमाल चोरी भएको हो । प्रहरीले रैग्मी र मैनालीसहति चारजनालाई पक्राउ गरेको छ । नुवाकोटका सूर्यबहादुर थापा र काभ्रेका अरुण लामालाई समेत प्रहरीले पक्राउ गरेको हो । मिलेमतोमा आफैले सामान बिक्री गरी चोरी भएको उजुरी गरेका थिए । उनीहरुले १५ लाख २० हजार नौ सय १२ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । सुक्ष्म अनुसन्धान गर्दा चोरीमा कर्मचारीकै मिलेमतो खुलेको प्रहरीले जनाएको छ । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु