हङकङ बजारमा आगलागी

२०७३ कार्तिक २५ गते, बिहीबार

काठमाडौं, २५ कात्तिक । गएराति पोखराको पृथ्वी चोकनजिकको हङकङ बजारमा आगलागी भएको छ । राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति पुर्‍याएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन । लत्ताकपडा, जुत्ता, खाद्यान्न, कस्मेटीक लगाएतका पसलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत सट भएर आगो लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रियाहरु