अर्थ

मेलम्चीमा भेटिएको पहेँलो वस्तु सुन नभएको पुष्टि

काठमाडौं, २१ मंसिर । मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंलो टल्कने पदार्थ फेला परेपछि सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो । विभागले गरेको प्रारम्भिक अध्ययनले सो […]

२०७३ मंसिर २१ गते, मंगलवार

मापसे चेकिङमा १० किलो सुन भेटियो

काठमाडौं, १९ मंसिर । प्रहरीले मोटरसाइकलमा लुकाएको अवस्थामा १० किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट चेकजाँचका लागि खटिएको टोलीले शुक्रबार राति राजधानीको बौद्धबाट करिब ४ करोड २८ लाख रुपैंयाबराबरको सुन बरामद गरेको हो । मादक पदार्थ सेवन गरे नगरेको चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बौद्ध–६ फूलबारीबाट शुक्रबार राति सो परिमाणको सुन […]

२०७३ मंसिर १९ गते, आईतवार

उद्योगी–व्यवसायी सडकमा

काठमाडौं, १७ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित शुक्रबार बुटवलका उद्योगी–व्यवसायीले जुलुस गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलालपार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो । उद्योगी–व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सन्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले […]

२०७३ मंसिर १७ गते, शुक्रबार

अवैध खानीबाट डोजर र स्काभेटर नियन्त्रित

काठमाडौं, १७ मंसिर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अवैध रुपमा सञ्चालित ढुङ्गा र माटो खानीबाट चार डोजर र स्काभेटर नियन्त्रणमा लिएको छ । जिल्लामा अवैध रुपमा ढुङ्गाखानी र माटो खानी सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि आज ती खानीको अनुगमन गरी त्यहाँ प्रयुक्त डोजर र स्काभेटर नियन्त्रणमा लिइएको हो । प्रजिअ तेजप्रसाद पौडेलको नेतृत्वमा स्थानीय विकास […]

२०७३ मंसिर १७ गते, शुक्रबार

कच्चा तेलको मुल्य बढ्न थाल्यो

काठमाडौ, १६ मंसिर । कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ । […]

२०७३ मंसिर १६ गते, बिहीबार

काठमाडौं भ्यू टावर योजनामै सीमित

काठमाडौं,१५ मंसिर । काठमाडौं महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौं भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकाबीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार विसं २०७२ मा गएको भूकम्प अघिनै टावर निर्माणका लागि […]

२०७३ मंसिर १५ गते, बुधबार

औषधी पसलमै लुकीछिपी लागुऔषध बिक्री

काठमाडौं, १४ मंसिर । बझाङ्का निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रुपमा लागुऔषध बिक्री वितरण गर्ने गरेको पाइएको छ । सदरमुकाम चैनपुरसँगै बिभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागुऔषध बिक्रीवितरण गरेको पाइएको हो । “औषधि पसलेले पसलबाट गोप्य रुपमा कसैलाई जानकारी नदिनू, चाहेको समयमा लिएर जानू भने गर्छन् । हामीले पनि […]

२०७३ मंसिर १४ गते, मंगलवार

प्राईमले हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं, १४ मंसिर । प्राईम कर्मसियल बैंकले चार लाख ८५ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री गर्ने भएको छ । बैंकले बोलकवोलको माध्यमद्धारा उक्त सेयर बिक्री गर्न लागेको हो । सेयर खरिदको लागि यही मंसिर २९ गतेसम्म आवेदन दिनुु पर्ने छ । बिक्री गरिने कुल सेयर मध्येमा संस्थापक समुहको ५२ हजार ४५ कित्ता र सर्वसाधारण […]

२०७३ मंसिर १४ गते, मंगलवार

कार्यवाहकको भरमा महालेखा

काठमाडौं, १४ मंसिर । सरकार र सार्वजनिक संघ संस्थाको आय व्ययसम्बन्धी हेर्ने मुख्य जिम्मेवारी पाएको महालेखा परीक्षक पाँच महिनादेखि कार्यवाहकको भरमा चलेको छ । उमेरका कारण महालेखा परीक्षक भानुप्रसाद आचार्यले अवकाश पाएपछि गत असार ८ गतेबाट सुकदेव खत्रीले कार्यवाहक सम्हालेका छन् । नायव महालेखापरीक्षक उद्धवचन्द्र श्रेष्ठले वरिष्ठताका आधारमा चार उप –महालेखा परीक्षकमध्ये खत्रीलाई कार्यवाहक बनाइएको […]

२०७३ मंसिर १४ गते, मंगलवार

हेवा ‘ए’ जलविद्युत् आयोजना परीक्षण प्रसारणमा

काठमाडौं,१३ मंसिर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ । यसअघिनै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै […]

२०७३ मंसिर १३ गते, सोमबार