आइएसको आक्रमणबाट प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौं, ७ भदौ । सिरियाको चरमपन्थी इस्लामिक स्टेट (आइएस)ले पल्माइरास्थित प्राचीन बाल्सेमिन मन्दिर ध्वस्त बनाइदिएका छन् । सिरियाका प्राचीन कलाकृति विभागका प्रमुखले यो मन्दिर आइतबार विद्रोहीहरुले ध्वस्त बनाइदिएको दाबी गरेका छन् । आइएसले मन्दिरभित्र ठूलो संख्यामा विस्फोटक पदार्थ भण्डारण गरेको र पछि मन्दिरनै ध्वस्त बनाएको अधिकारीहरुले बताएका छन् ।
अघिल्लो महिनामा पनि आइएसले केही फोटो सार्वजनिक गर्दै पल्माइरा मन्दिरबाट लुटिएका केही सामान र मूर्ति नष्ट गरेको देखाएको थियो । तर बेलायतस्थित सिरियाको मानवअधिकारवादी संस्थाले भने यो घटना एक महिना पहिले नै भएको जनाएको छ । इस्लामिक स्टेटले गत मे महिनामा मल्माइरालाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसैबेला युनेस्कोले यो घटनालाई लिएर चिन्ता व्यक्त गरेको थियो । इस्लामिक स्टेटले इराकमा पनि विभिन्न प्राचीन धरोहरको नष्ट गरिदिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु