पाकिस्तानमा हवाइ आक्रमण ५० विद्रोहीको मृत्यु

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौ, १ भदौ । पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको हवाइ आक्रमणको क्रममा कम्तिमा ५० जना विद्रोही मारिएको पाकिस्तानी सेनाले जनाएको छ । अफगानिस्तानको सीमासँग जोडिएको वजिरिस्तानको आदिवासी क्षेत्रमा गरिएको हवाइ आक्रमणको क्रममा विद्रोही मारिएको सेनाले दाबी गरेको हो ।
हवाइ आक्रमणको क्रममा विद्रोहीका गोल बारुद राखिएका स्थानलाई पनि लक्षित गरिएको सेनाले जनाएको छ । पत्रकारलाई वजिरिस्तानको आदिवासी क्षेत्रमा जाने अनुमति नदिइएकाले यो खबरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
सेनाले उत्तरी वजिरिस्तानम गएको वर्षको जुनदेखि विद्रोही संगठन तालिबान विरुद्ध लगातार कारबाही अभियान चलाउँदै आएको छ । कारबाहीको क्रममा अहिलेसम्म दुई हजार ८ सय भन्दा धेरै विद्रोही मारिएको सरकारी अधिकारीले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु