माल्दिभ्सका पूर्व राष्ट्रपति नसिद जेल चलान

२०७२ भाद्र ८ गते, मंगलवार

काठमाडौं, भदौ ८ । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको छ । आतंकवादलाई प्रश्रय दिएको अभियोग लगाइएका नसिदलाई केही समयअघि माल्दिभ्सको सर्वोच्च अदालतले १३ वर्ष जेल सजाँय तोकेको थियो ।
यसअघी उनलाई नजरबन्दमा राखिएको थियो । सन् २००९ मा राष्ट्रपति पदमा नियुक्त भएका नसिदलाई सन् २०१२ मा सुरक्षाकर्मीले विवाद गरी राष्ट्रपति पदबाट हटाएका थिए । नसिदलाई जेल चलान गर्ने क्रमम उनका समर्थकहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु