भारतमा भीषण बाढी, हजारौ मानिस प्रभावित

२०७२ भाद्र ३ गते, बिहीबार

काठमाडौं,३ भदौ । भारतका पूर्वी तथा उत्तरी राज्यहरुमा भीषण वर्षासँगै आएको बाढीमा परी लाखौं मानिस प्रभावित भएका छन् । असममा बाढीका कारण प्रभावित १७ हजार ५ सय ७५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । असममा यो वर्ष दोस्रो पटक ठूलो बाढी आएको हो । असमका सात जिल्लाका २ सय ८२ गाउँ डुवानमा परेका छन् । यहाँका करिब दुई लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीका कारण पहाडि वस्तीमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएका छन् भने हजारौं सवारी साधन फसेका छन् ।
यसैगरी भीषण वर्षाका कारण मेघालयमा आएको बाढीले एक बालिकालाई बगाएको छ । त्यसपछि मेघालय सरकारले जिल्लाका सबै स्कुल दुई दिनका लागि बन्द गरेको छ ।
यसैबीच नागाल्यान्डका केही क्षेत्रमा पनि भीषण वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा जनजीवन ठप्प भएको छ । नागाल्यान्डमा पछिल्लो एक महिनादेखि लगातार वर्षासँगै पहिरो जाँदा राजमार्गहरु बन्द भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु