बम विस्फोट गराउनेको फोटो सार्वजनिक

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौं, २ भदौ । थाइल्याण्डको बैंककमा भएको बम बिस्फोटका संलग्न संदिग्ध ब्यक्तिको फोटो सार्वजनिक भएको छ । सीसीटीभीको फुटेजका आधारमा संदिग्धको फोटो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको फुटेजमा पहेंलो टिसर्ट लगाएको एक युवकले बम बिस्फोट भएको क्षेत्रको मन्दिर परिसरमा प्रवेश गरी आफ्नो पिठ्युँमा भएको झोला बिसाई निस्केको देखाइएको छ । निज युवकको ब्यापक खोजी भइरहेको छ । बैंककमा दुई दिन पहिले हिन्दु मन्दिर नजिक भएको बम बिस्फोटमा २१ जनाको मृत्यु भएको थियो भने १ सय २० जना घाइते भएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु