एअर शो गरिरहेको बिमान दुर्घटना

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं, ६ भदौ । बेलायतमा एअर शो गरिरहेको बिमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।शोरहेममा भएको दुर्घटनामा एक जनाको अवस्था भने गम्भीर रहेको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ । एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेका थिए ।
विमान खस्ने वित्तिकै आगो र धुँवाको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । शोरहेम एयर शोको यो दोस्रो दुर्घटना हो । सन् २००७ मा पनि यस्तै शोका क्रममा दुर्घटना भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु