कैदीहरुबीच झडप , ५२ जनाको मृत्यु

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडाैं , २९ माघ । उत्तरी मेक्सिको एक जेलमा कैदीहरुबीचको झडपमा परि ५२ जनाको मृत्यु भएको छ । नीवो लेयोन प्रान्तका गभर्नर जेमी रोडरीगेजका अनुसार झडपमा अन्य १२ जना समेत घाइते भएका छन् । जेल बाहिर कैदिका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले जेलमा रहेका आफ्ना मान्छे बारे जानकारीको माग गरिरहेका छन् ।
जेलको एक भवनमा आगो लागेको र धुवाको मुस्लो आएको देेखिएको जेलका अधिकारीहरुले जनाएका छन् । तर कोही पनि कैदी जेलबाट भने नभागेको जेल अधिकारीहरुको दावी रहेको छ । घटनाको अध्ययन भइरहेको प्रहरीले जनाएको छ । यो घटना त्यस बेला भएको छ जतिवेला उत्तरी शहर सिउडाडको एक जेलमा पोप फ्रान्सिसले भ्रमण गर्न लागेका छन् । यस क्षेत्र ड्रग कारोबारीको क्षेत्रको रुपमा परिचित रहेको छ ।

प्रतिक्रियाहरु