परवेज अस्वस्थ , अस्पतालमा भर्ना

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौ, २ फागुन । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या भएपछि उनलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको हो ।
पाकिस्तानको अलशिफा अस्पतालमा भर्ना गरिएका मुसर्रफको मुटुमा केही समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । गम्भीर राजद्रोहको मुद्दा खेपिरहेका मुसर्रफलाई विदेश जान प्रतिबन्ध लगाइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु