बोलिभियाको विशाल ताल मरुभूमिमा परिणत

२०७२ माघ २८ गते, बिहीबार

काठमाडौं, २८ माघ । बोलिभिया जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको छ जहाँ एउटा विशाल ताल मरुभूमिमा परिणत भएको छ ।
नासाद्वारा सार्वजनिक दुई तस्वीरलाई तुलना गर्ने हो भने तीन वर्षको अन्तरालमा जलवायु परिवर्तनको असरका कारण पोपो नाम गरेको उक्त तालमा देखिएको परिवर्तनलाई नजिकबाट नियाँल्न सकिन्छ ।
अमेरिकाको प्रख्यात सहर लस एन्जलसकै क्षेत्रफल बराबरको सो ताल अहिले मरुभूमिमा परिणत भएको छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनको असरका रुपमा तालको अस्तित्व मासिएको हो ।
बोलिभिया सरकारले सो क्षेत्रलाई ‘सुख्खा क्षेत्र’ घोषणा गरेको छ । ताललाई नै आम्दानीको श्रोत बनाउँदै आएका स्थानीय सयौं परिवार अहिले जीविकोपार्जनका लागि ठूलो संकट सामना गरिरहेका छन् । माछा मार्ने, डुंगा चलाउने जस्ता पेशामा आवद्ध रहँदै आएका स्थानीयहरु ताल सुकेपछि चिन्तित बनेका छन् भने कयौं बिस्थापित भइसकेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु