बिश्व

राष्ट्रपति रुसेफ निलम्बित

काठमाडौं, ३० वैशाख । ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले महाअभियोग प्रक्रियाको सामना गर्नुपर्ने भएको छ । त्यहाँको सिनेटले विहीबार रुसेफलाई निलम्बन गर्ने र महाअभियोग प्रक्रिया अगाडि बढाउने पक्षमा निर्णय गरेको हो । रुसेफमाथि सन् २०१४ को निर्वाचनमा बजेट घाटा लुकाउन अवैधरुपमा वित्तिय गतिविधि गरेको आरोप लगाइएको छ । तर, उनले आरोप अस्वीकार गर्दै आएकी छन् । […]

२०७३ बैशाख ३० गते, बिहीबार

बग्दादमा कार बम बिस्फोट, ९३ जनाको मृत्यु

काठमाडौं, ३० बैशाख । इराकको राजधानी बग्दादमा कार बम बिस्फोटमा ९३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार श्रृखलाबद्ध बम बिस्फोटमा ८७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको वीवीसीले जनाएको छ । भीडभाड भएको एउटा बजारमा बम बिस्फोटमा धेरैजसो महिला तथा बालबालिका मारिएका […]

२०७३ बैशाख ३० गते, बिहीबार

चिनियाँ अधिकारी‘अशिष्ट : एलिजावेथ द्वितीय

काठमाडौं,३० वैशाख । अघिल्लो वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति शी जिनपिङ्गको बेलायत भ्रमणका क्रममा बेलायतकी महारानी एलिजावेथ द्वितीयले चिनियाँ अधिकारीलाई ‘अशिष्ट’ भनेर टिप्पणी गरिएको एउटा भिडियो सार्वजनिक भएको छ । बकिंघम प्यालेसमा आयोजित कार्यक्रममा महारानीले चीनका लागि बेलायती राजदुत बारबरा वुडवार्डसँग चर्चा गर्दै चिनियाँ अधिकारीका बारेमा यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उनको यो टिप्पणी प्रशारण […]

२०७३ बैशाख ३० गते, बिहीबार

खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल

काठमाडौं, २९ वैशाख । आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना युरोपेली मुलुक इटालीको हो । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने […]

२०७३ बैशाख २९ गते, बुधबार

इस्लामिक नेतालाई फाँसी

काठमाडौ, २९ बैशाख । बंगलादेशको सबैभन्दा ठुलो इस्लामिक कट्टरपन्थी पार्टीका नेतालाई युद्ध अपराधको आरोपमा फाँसीको सजाय दिइएको छ । अधिकारीहरुका अनुसार मुतिउर रहमान निजामीलाई ढाकाको केन्द्रीय जेलमा फाँसी दिइएको हो । जमाते इस्लामीका नेता निजामीलाई सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र क्रममा भएको युद्धमा मानवताविरोधी अपराधमा दोषी ठहर गरिएको थियो । सन् २०१३ देखि अहिलेसम्म फाँसी […]

२०७३ बैशाख २९ गते, बुधबार

राहुललाई हत्याको धम्कीपछि दक्षिण भारतको भ्रमण रद्द

काठमाडौँ, २८ वैशाख । भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको छ । सो धम्कीपछि उहाँले दक्षिणी भारतको भ्रमण पनि रद्द गर्नुभएको समाचारमा जनाइएको छ । गान्धी भारतको मुख्य प्रतिपक्षी दल काँग्रेसका दोस्रो वरियताका नेता हुनुुहुन्छ । उहाँले पडुचोरी, तामिल नाडु, केरला लगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्नुहुने भएको थियो । सोमबार राति […]

२०७३ बैशाख २८ गते, मंगलवार

आइएसका कमाण्डर मारिए

काठमाडौं, २८ बैशाख । अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको […]

२०७३ बैशाख २८ गते, मंगलवार

६ तालिवानलाई मृत्युदण्ड

काठमाडौँ, २७ वैशाख । अफगानिस्तानमा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो । पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना काबुलमा भएको हमलामा […]

२०७३ बैशाख २७ गते, सोमबार

पत्रकार तथा मानव अधिकारकर्मी खुर्राम जाकीको हत्या

काठमाडौँ, २७ वैशाख । पाकिस्तानका प्रख्यात पत्रकार एवं मानव अधिकारकर्मी खुर्राम जाकीको हत्या भएको छ । कराँचीस्थित एक रेष्टुराँमा खाना खाइरहेको बेला जाकीलाई मोटरसाइकलमा आएका चारजना शंकास्पद बन्दुकधारीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा अरु दुई जना घाईते भएका छन् । जाकी ‘लेट अस बिल्ड पाकिस्तान’ नामक वेभसाइटका सम्पादक थिए । प्रजातन्त्र र सुधारवादी […]

२०७३ बैशाख २७ गते, सोमबार

सार्वभौमिकता संकटमा परे मात्र परमाणु हतियार : उत्तर कोरिया

काठमाडौं, २६ बैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् । प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए । विपक्षी मुलुकहरुसँगको सम्बन्ध सुधारमा राज्यको ध्यान केन्द्रित गरिने भन्दै उनले देश […]

२०७३ बैशाख २६ गते, आईतवार