बग्दादमा कार बम बिस्फोट, ९३ जनाको मृत्यु

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौं, ३० बैशाख । इराकको राजधानी बग्दादमा कार बम बिस्फोटमा ९३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार श्रृखलाबद्ध बम बिस्फोटमा ८७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको वीवीसीले जनाएको छ ।
भीडभाड भएको एउटा बजारमा बम बिस्फोटमा धेरैजसो महिला तथा बालबालिका मारिएका छन् । कराजधानी बग्दादको सिया मुस्लिम समुदायको बाहुल्यता रहेको साद्र शहरमा ६४ जनाको ज्यान जाने गरी भएको बम आक्रमण पछि थप दुईवटा कार बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु